सप्तरीका ५ स्थानीय तहमा प्रहरीको जनचेतनामुलक कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   ७४५ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका विभिन्न ५ वटा स्थानीय तहमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागु औषध रोकथाम नियन्त्रण र विपद व्यावस्थापन सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको हो । 
जिल्लाको बिष्णुपुर गाउँपालिका,हनुमाननगर कंकालिनि नगरपालिका,डाक्नेश्वरि नगरपालिका,तिरहुत गाउँपालिका र खडक नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागु औषध रोकथाम नियन्त्रण सम्बन्धि र विपद् व्यावजस्थापन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागु औषध रोकथाम नियन्त्रण र विपद् व्यावस्थापन सम्बन्धि जनचेतना मुलक कार्यक्रममा स्थानियवासी,बुद्धिजिबी र समाजसेवीहरुको उल्लेख्य उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech