Close This

ईन्दुशंकर चिनी उधोग शनिवार सम्म बन्द

रासस    प्रकाशित: २०७७-५-३ गते   ३०७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकामा रहेको ईन्दुशंकर चिनी उधोग तत्कालन शनिवार सम्म बन्द हुने भएको छ । भने त्यसपछि नगरपालिकाले जे निर्णय गर्छ त्यहि अनुसार उद्योग खोल्ने तथा अरु केही समय बन्द गर्ने उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताउनु भयो ।
दैनिक २ सयको हाराहारीमा कर्मचारी र ज्यालादारी मजदुर लगायत उधोगको मर्मत सम्भारको काम गर्दै आएको भन्दै कोरोनाको संक्रमणको जोदिम हुने भनी विभिन्न स्थानबाट गुनासाृ आएका कारण सरकारको निर्णय मानेको रजकले बताउनु भयो ।
उद्योगले पहिलो चरणमा शनिवार सम्म बन्द गर्ने सुचना जारी गरेको छ । समुदाय स्तर मै धमाधम कोरोना संक्रमण फैलिन थालेको अवस्थालाई मनन् गरी उद्योग बन्द गरिएको उद्योग प्रशासनले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech