विद्यार्थीलाई खोप लगाउन आजदेखि ५ दिन सर्लाहीका विद्यालय खुल्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१७ गते   ४४३ पटक हेरिएको

सर्लाहीका १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको दोस्रो डोज खोप लगाउन आज९सोमबार० देखि माघ २१ गतेसम्म विद्यालय खोल्ने निर्णय भएको जिल्ला कोरोना संकट व्यवस्थापन समिति ९डीसीसीएमसी० को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन दिन विद्यालय खोल्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमले जानकारी दिनु भयो उहाँका अनुसार खोप लगाउन दिन विद्यालय खोलिए पनि पठनपाठन भने माघ मसान्तसम्म नै बन्द गर्ने निर्णय गरिएको

जिल्लामा एक लाख भन्दा बढी विद्यार्थीहरुले मोर्डना खोपको पहिलो डोज लगाएका छन् अब तिनिहरुलाई नै दोस्रो डोज खोप लगाउन लागिएको हो त्यसका लागि आइृतबार राती सर्लाहीमा खोप आइसकेको आज९सोमबार०प्रत्येक पालिकाहरुमा पठाइ खोप लगाइने जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा।नवलकिशोर झाले बताउनु भयो उहाँका अनुसार जिल्ला सदरमुकाम मलंगवादेखि नजिकका पालिकामा आजै खोप लगाउन भ्याइने भएपनि अली टाढाका पालिकाले भोली९मंगलबार० नभ्याए पर्सी९बुधबारदेखि खोप लगाउन थाल्ने छन्

विद्यार्थीहरुलाई विद्यालयमै पनि गएर नजिकका स्वास्थ्य संस्थाहरुबाट खोप लगाइने जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको डीसीसीएमसीको बैठकले कतिपय निजी विद्यालयहरुले अहिले पनि पठनपाठन गराइराखेकाले त्यसमा निगरानी गर्ने, आम सभा, जुलुस, भेला तथा धेरै मानिस भीडभाड हुने कार्यक्रम अर्को व्यवस्था नहुन्जेल सञ्चालन नगर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो

जिल्लाका ।वटा सामुदायिक विद्यालयमा १२ देखि १७ वर्ष उमेर समुहका ८८ हजार जना विद्यार्थीहरु रहेका शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहले जानकारी दिनु भयो उहाँका अनुसार जिल्लाका सामुदायिक,संस्थागत,धार्मिक तथा अन्य विद्यालय गरि कुल सय ७५ वटा विद्यालयहरुले फारम भरेका सोहि अनुसार खोप लगाईने भएको हो

छिमेकी देश भारतसंग खुल्ला सिमाना पारिवारिक सम्बन्ध समेत रहेका कारण सिमानाकाबाट आवतजावत चलि रहेका कारण पनि जिल्लाबासीलाई नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना गर्न डीसीसीएमसीले अनुरोध गरेको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech