गाउँसभामा कीर्ते हस्ताक्षर गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष राय पक्राउ

149 Shares

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय पक्राउ परेका छन् ।बसबरिया गाउँपालिकाको गाउँसभामा कीर्ते उपस्थिति देखाई नक्कली हस्ताक्षर गरेको आरोपमा गाउँपालिका अध्यक्ष रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार रायलाई मंगलबार दिउँसो बसबरियाबाट पक्राउ गरिएको हो।
गाउँसभामा कीर्ते उपस्थिति तथा नक्कली हस्ताक्षर गरिएको विषयमा गाउँपालिका अध्यक्ष रायविरुद्ध कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।बसबरिया गाउँपालिकामा लामो समयदेखि कर्मचारीहरु र जनप्रतिनिधिहरु विच विवाद रहँदै आएको थियो।

सम्बन्धित समाचार