मंसिर ४ मा हुनेप्रदेश तथा प्रतितिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार नरेन्द्र साहले अहिलेको निर्वाचन नेकपा(एमाले)ले जिते संघियता,गणतन्त्र र नेपालको संविधान खतरामा पर्ने बताए । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवारहरुले नजिती केपी शर्मा ओली नेतृत्वको प्रतिगामी तीन दलिय गठबन्धनले जित्यो भने गणतन्त्र,धर्मनिरपेक्षता,समानुपातिक समावेशीता,संघीयता र नेपालको संविधान २०७२ खतरामा पर्ने वताए ।
मंसिर ४ मा हुनेप्रदेश तथा प्रतितिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही ३ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार साहले कमलामाई मिडिया प्रा.लिसंग कुरागर्दै ओली एमालेले गणतन्त्र विरोधी,धर्मनिरपेक्षा विरोधी,संघीयता विरोधी राप्रपाका कमल थापा र मधेश र नेपालको संविधान विरोधी जनता समाजवादी पार्टी नेपालसँग गठबन्धन गरेर निर्वाचनमा आएकाले मंसिर ४ को निर्वाचन अग्रगमन पक्षधर र प्रतिगमन पक्षधर विचको संघर्ष भएको बताए ।
उनले मंसिर ४ को निर्वाचनले संघीयता,धर्मनिरपक्षता,गणतन्त्र र नेपालको संविधान २०७२ रहने वा नरहने फैसला गर्ने भएकोले लामो संघर्ष र वलिदानीबाट प्राप्त गणतन्त्र,समानुपातिक समावेशीता, संघीयता, धर्मनिरपक्षता र नेपालको संविधान २०७२ लाई जोगाउन बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवारहरुलाई मतदान गर्न मतदातासंग आग्रह गरे ।
उम्मेदवार साहले भने ‘राप्रपाको मुख्य एजेण्डा अहिलेको गणतन्त्र मासेर राजतन्त्र स्थापना गर्ने,अहिलेको संघीयता मासेर एकात्मक राज्य व्यवस्थाको स्थापना गर्ने,अहिलेको धर्मनिरपेक्षता मासेर हिन्दु राज्य स्थापना गर्ने हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका विरोधीहरुसँगको गठबन्धन गरेर ओली एमाले आई रहेको अवस्थामा उनीहरु राज्य सत्तामा पुगे भने हजारौं नेपालीले रगत बगाएर ल्याएको राज्य व्यवस्था गुम्छ,नेपाल संविधान २०७२ खतरामा पर्छ, त्यसो भएको हुनाले संघीयता,धर्मनिरपक्षता,संघिय लोकतान्त्रीक गणतन्त्र र नेपालको संविधन २०७२ लाई जोगाई राख्नेकी मास्ने भन्ने छिनोफाना मंसिर ४ को निर्वाचनले गर्ने भएकोले प्राप्त उपलब्धीको रक्षाका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराईदिन अनुरोध गर्दछु ।’
‘बाम–लोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि विकास निर्माणको लागि कुनै पनि ठाउँमा बजेटको अभाव हुन नदिने, संघीयता,धर्मनिरपक्षता,गणतन्त्र र नेपालको संविधान २०७२ लाई बचाई राख्ने प्रतिवद्धता जनाए । ‘आगामी पाँच वर्षमा सर्लाही क्षेत्र नम्बर ३ सहित समग्र देशलाई समृद्ध वनाउन गुरुयोजना वनाएर अगाडी बढ्ने छौं । सर्लाहीबाट हामी राष्ट्रिय राजनितीमा प्रभाव पार्नसक्ने व्यक्तिहरु बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका छौं,राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेलेर समग्र सर्लाहीलाई समृद्ध वनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’ उम्मेदवार साहले बताए ।