अवैध तरिकाबाट भारतीय धान सर्लाही प्रवेश,सरोकारवाला निकाय तैँ चुप मै चुप

231 Shares

नेपाल भारत सिमा स्थित सर्लाहीको मलंगवा नगरपालिका स्थित भाँडसर नाकाबाट धान तस्करी हुने गरेको पाइएको छ ।नेपाल भारत सिमा स्थित सर्लाहीको मलंगवा नगरपालिका स्थित भाँडसर नाकाबाट भारतीय गाउँहरूबाट खरिद गरिएको धान अवैध तरिकाबाट मोटरसाइकलमा हालेर भाँडसर नाकामा थुपार्ने र त्यसपछि ट्याक्टरमा लोड गरी सर्लाहीको इश्वरपुर र लालबन्दी लगायतका बजारमा रहेको राईस मिलहरुमा पुर्याउने गरिएको पाइएको हो ।
सर्लाहीको पुर्वमा महोत्तरीको सिमाना हर्दि खोला पुल देखि पश्चीममा रौतहटको सिमाना बागमती नदीको पुल सम्मको ५१ किलो मिटर नेपाल भारत खुल्ला सिमा रहेको र कतिपय नेपाली नागरिकहरुको भारतमा पनि खेती रकतिपय भारतिय नागरिकहरुको नेपालमा खेती रहेका कारण पनि तस्करहरुलाई अवैध तरिकाले कृषिजन्य सामाग्रीहरुका साथै अन्य किराना तथा खाद्यान्न र विद्युतिय सामाग्रिहरु नेपाल ल्याउने गरिएको पाइएको छ ।सिमा क्षेत्रमा रहेका प्रहरी कार्यालयहरुमा जनशक्तिको अभावका साथै भएको जनशक्ति पनि पेशागत धर्म,आचरण र सिद्धान्त विपरित कमिसन असुलीमा लाग्दा वर्षेनी लाखौँको राजश्व चुहावट भई रहेको नागरिक समाजका अगुवाहरु बताउँछन् ।
उनीहरुका अनुसार दैनिक ५÷७ ट्याक्टर धान अवैध तरिकाबाट नेपाल प्रवेश गर्ने गरेको छ।खुल्ला सिमानाका साथै नेपाली र भारतीय नागरिकहरुको पारिवारिक सम्बन्ध समेत रहेका कारण सिमा क्षेत्रमा चाहेर पनि पुरै कडाई गर्न नसकिएको सुरक्षा अधिकारीहरुको लाचार जवाफ आउने गरेको छ ।सर्लाहीको पुर्वमा महोत्तरीको सिमाना हर्दि खोला पुल देखि पश्चीममा रौतहटको सिमाना बागमती नदीको पुल सम्मको ५१ किलो मिटर नेपाल भारत खुल्ला सिमानामा  सशस्त्र प्रहरीका ११ वटा र नेपाल प्रहरीको १५ वटा युनिटहरु रहेका भएपनि विभिन्न बाहनामा उनीहरु पन्छिने र कमिसन असुलीमा लिप्त हुने गरेका घटनाहरु समय समयमा बाहिरिने गरेका छन् ।
संगठनको आचरण विपरित कुनैपनि गतिविधि स्वीकार्य नहुने सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम सशस्त्र प्रहरी महा निरिक्षक राजु अर्यालले बताएपनि उनलाई समेत गुम्राहमा पारेर तल्लो दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुका साथै नेपाल प्रहरीका तल्लो दर्जाका प्रहरी कर्मचारीहरु असुलीमा मस्त हुँदा उनीहरुको आँखाले ट्याक्टर मै धान लोड भएर अवैध तरिकाबाट नेपाल प्रवेश गर्दापनि नदेख्ने गरेका सिमा क्षेत्रका नागरिकहरुको आरोप छ ।
सीमा क्षेत्रबाट हुने तस्करी रोक्न प्रहरी परिचालन गर्ने र समय समयमा स्थलगत अवलोकन गरी अवैध कारोवारलाई न्यूनिकरण गर्न आफु गंभिर रहेको जिल्ला स्तरीय सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रतिवद्धता जनाएका छन्।तर जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको गेटै अगाडिबाट ट्याक्टरमा धान अवैध तरिकाले खुलेआम रुपमा भित्रिएपनि प्रहरी अधिकारीहरुको ध्यान पुगेको छैन् ।सरोकारवाला निकायले समयमै यस प्रकारका गतिविधिहरु नरोक्ने हो भने तस्करीले राजश्वमा अझै ठूलो प्रभाव पार्ने भन्दै स्थानीयले यस प्रकारका गतिविधि न्यूनिकरण तर्फ लाग्न सरोकारवाला निकायसंग अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार