कसैले उक्साएको भरमा तथ्यहिन,भ्रामक समाचार सम्प्रेषण नगर्न वाईसियलको आग्रह,अटेर गरे कडा कार्वाहीमा उत्रने चेतावनी

2.2k Shares

सर्लाहीको बागमती नगरपालिका र जनप्रतिनिधिहरुको बद्नाम र चरित्र हत्या गर्ने मनसायले हिमाल पोष्ट अनलाईन पोर्टलले समाचार प्रकाशन गरेको विषयमा नेकपा(माओवादी केन्द्र)को भातृसंगठन योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) मधेश प्रदेशले कडा आपती जनाएको छ ।
आर्थिक लाभ नदिएको भन्दै हिमाल पोष्ट अनलाईन पोर्टलका प्रधान सम्पादक मोतीराम खनालले बागमती नगरपालिका र नगर प्रमुख तथा जनप्रतिनिधिहरुको नाम जोडेर बद्नाम गराउन कपोकल्पीत,मनगड्न्ते ढंगबाट समाचार प्रकाशन गरेको र सो समाचारको आधिकारीक स्रोत समेत नरहेको योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) मधेश प्रदेशले जारी गरेको विज्ञप्तीमा उललेख गरिएको छ ।
केही समयदेखि अनलाइन न्यूज पोर्टलहरुले कपोलकल्पित मनगइन्ते ढंगमा नेपालकै एक मात्र उत्कृष्ट नगरप्रमुखका रुपमा परिचित भरत कुमार थापाप्रति गलत मनसाय राखी झुुट्टा तथ्यहीन आधारहिन भ्रामक आरोपहरु लगाएको प्रति हाम्रो सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल मधेस प्रदेश समितिको गम्भिर ध्यानकर्षण भएको छ । प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 विज्ञप्तीमा भनिएको छ“यस्ता खाले प्रमाणविहिन तथ्यहिन आरोपहरु लगाई समाचार सम्प्रेषण नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछु । वागमती नगरपालिकाका विकास निर्माणको काममा निरन्तर सक्रिय अग्रणी भूमिकामा रहेका नगर प्रमुख थापाले गरेका कामप्रति इर्षा र डाहा गर्नेहरुको उक्साहटमा लागेर गलत समाचार सम्प्रेषण गरेको हाम्रो वुझाई रहेको छ । यस्ता खाले गलत र भ्रामक समाचारहरु सम्प्रेषण गर्न तुरुन्त बन्द गर्न अनुरोध गर्दछु ।”योङ कम्युनिष्ट लिग नेपाल मधेस प्रदेश समितिका संयोजक मोहनलाल श्रेष्ठ(सन्देश)द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सर्लाहीको वागमती नगरपालिका जनताको आशा र भरोशा रहेको कुरा कही छिपेको छैन सबैलाई सर्ववित्तितै छ । विकासको काममा अग्रभागमा रहेर काम गरिरहेको,नगरपालिकाको पैसाले एक कप चिया र एक बोतल पानी पनि नखाने नगर प्रमुख थापालाई यस्तो गलत आरोप लगाउने अराजनीतिक अपारदर्शी व्यक्ति र पित पत्रकारिता गर्नेहरुलाई हाम्रो संगठन सचेत गराउदछ । योङ कम्युनिष्ट लिग नेपाल मधेस प्रदेश समितिका संयोजक सन्देशद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
सानै उमेरदेखि जनसेवा र जनताको काममा उत्तरदायी भूमिकामा रहने व्यक्तिलाई पूर्वाग्रह राखी समाचार सम्प्रेषण गरिएको छ । नगर प्रमुख थापाप्रति झुट्टा लाञ्छना र व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको देखिन्छ । यस्ता खाले कपोकल्पित समाचारप्रति हाम्रो संगठन घोर आपत्ति व्यक्त गर्दछ । सो विज्ञप्तीमा भनिएको छ ।
अध्यारो कोठामा वसेर गलत मनसाय राखी आर्थिकको लोभमा परी गलत समाचार सम्प्रेषण नगर्न सम्बन्धित निकाय सम्पादक खनाललाई ध्यानाकर्षण गराउन चाहान्छु । एउटा जनप्रिय नगर प्रमुखलाई बद्नाम गराउने उद्देश्यले विकास देख्न नसक्ने तत्वहरुले नगर प्रमुखको लोकप्रियताबाट अत्तालिएर यस्तो गलत कुकर्महरु गरिरहेको छ । यस्तो खाले गलत मनगडन्ते समाचार सम्प्रेषण नगर्न र नगराउन अनुरोध गर्दछु । विज्ञप्तीमा भनिएको छ ।
गलत झुट्टा समाचार सम्प्रेषण गरेमा हाम्रो संगठन योङ कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) कडा कार्वाहीमा उत्रन वाध्य हुनेछ । योङ कम्युनिष्ट लिग नेपाल मधेस प्रदेश समितिका संयोजक सन्देशद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । 

सम्बन्धित समाचार