बाढीका कारण ज्यान गुमाएका बलराका दुई परिवारलाई आर्थिक सहयोग

320 Shares

सर्लाहीको बलरा नगरपालिका १ हथियौल र बलरा नगरपालिका ३ लक्ष्मीपुरका बाढीले बगाएर मृत्यु भएका दुई जनाको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ।विगत केही दिन पहिला आएको हविरल वर्षाका कारण आएको बाढी तथा डुबानमा परेर ज्यान गुमाएका बलरा नगरपालिका १ हथियौलका २७ वर्षीय पवन गिरी र बलरा नगरपालिका ३ लक्ष्मीपुरका १३ वर्षीय अंकित ठाकुरका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष  गोपालकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार असोज १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढी,पहिरो तथा डुबानमा परेर मृत्यु भएका व्यक्तिको परिवारलाई जनही रु दुई लाख राहत दिने निर्णय गरेको र सोही अनुसार जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले बलरा नगरपालिका १ हथियौलका गिरी र बलरा नगरपालिका ३ लक्ष्मीपुरका ठाकुरको परिवारलाई राहत स्वरुप जनही रु दुई लाख प्रदान गरिएको हो ।
बलरा नगरपालिका ३ का ठाकुर असोज १४ गते र बलरा नगरपालिका १ का गिरीको असोज १५ गते बागमती नदीको भेलमा जमेको पानीमा डुबेको अवस्थामा शव फेला परेको थियो।दुवै मृतकको घरमा पुगेर जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी अधिकारी,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहलगायतले सरकारको तर्फबाट प्राप्त भएको राहत रकम बैंङकमा जम्मा गरि दिएको जानकारी गराएका हुन ।
असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले बागमती नदीको बाँध फुटाएर बाढी गाउँमा पस्दा बलरा नगरपालिका सबैभन्दा बढी प्रभावित बनेको थियो।अविरल वर्षापछि सोती खोलामा आएको बाढीले बगाएर बागमती नगरपालिका ९ सक्रौल टोलका १४ वर्षीय मुकेश महतोको पनि मृत्यु भएका थियो ।बाढीमा परेर मृत्यु भएका महतोका परिवारलाई पनि राहत स्वरुप रु दुई लाख चाँडै प्रदान गरिने जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जनाएको छ ।बागमती नगरपालिका ९ सक्रौल टोलका महतोको परिवारसँग आवश्यक कागजात लिने काम भइरहेको र प्रक्रिया पूरा गरी तत्कालै रकम जम्मा गरिने जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष अधिकारीले बताए। 
बाढीका कारण जिल्लाका करिब तीन हजार घरहरुमा क्षेती पुगेको थियो भने किसानहरुले लगाएको ठूलो क्षेत्रफलको धान खेतीमा समेत क्षेती पुर्याएको छ।खासगरी जिल्लाको पश्चिमी र दक्षिण तर्फका स्थानीय तहहरुका वडाहरुमा बाढी तथा डुबानका कारण ठूलो क्षेती भएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जनाएको छ ।जिल्लाका धेरै विद्यालयहरु डुबानमा परेका कारण नियमित अध्यापन अध्यायनको काम समेत प्रभावित भएको छ ।

सम्बन्धित समाचार