सर्लाहीमा शान्तिपूर्ण मतदान जारी,तर मतदातामा उत्साह छैन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-३ गते   १७२ पटक हेरिएको

प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्ग प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदकाे मतदान सर्लाहीमा याे समाचार तयार पार्दा सम्म शान्तिपूर्ण तरिकाबाट सुरु भएको छ । आईतबार सर्लाही जिल्ला भरमा शान्तिपूर्ण रुपले मतदान चलिरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ । जिल्लामा ३ सय १२ मतदान स्थल अन्तर्गत ६ सय मतदान केन्द्रमा मतदान भईरहेकाे मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्याैपानेले बताए ।  
जिल्लामा रहेका २० वटा स्थानिय निकायका २ सय वटा वडाहरुमा रहेको जिल्लामा ४ प्रतिनिधि सभा  र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । 
आईतवार हुने मतदानको लागि जिल्लामा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । सर्लाहीमा  प्रतिनिधि सभा र प्रदेश सभा गरि कुल २ सय २ जना उम्मेदवारहरु छन् । जसमा ९३ जना पार्टीबाट छन् भने १ सय ९ जना स्वतन्त्रतबाट उम्मेद्वार रहेका छन् । जसमा प्रतिनिधि सभा तर्फ ६९ जना र प्रदेश सभा तर्फ १ सय ३३ जना चुनावी दौडमा छन् ।भने यश पटककाे निर्वाचनमा मतदाताहरुमा उत्साह देखिदैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech