सरकारी स्कापियाेकाे ठक्करबाट बालककाे ज्यान गयाे,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२४ गते   ३८५ पटक हेरिएको

सर्लाहीको मलंगवामा  चक्रघट्टा गाउँपालिकाको स्कारपियोकाे ठक्करबाट एक  बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका ४ शिवसागर चौक स्थित मलंगवा-नवलपुर सडक खण्डमा चक्रघट्टा गाउँपालिकाको स्कारपियोकाे ठक्करबाट एक  बालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट नवलपुर तर्फ आउँदै गरेको चक्रघट्टा गायउँपालिकाको  ना.१ झ १७०० नंम्बरकाेर सरकारी स्कारपियोको ठक्करबाट अन्दाजी ४ वर्षिय बालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका १४ अन्दाजी  वर्ष ४ को निशान्त कुमार मण्डल रहेका प्रहरीले जनाएको छ ।              स्कारपियोले बालकलाई ठक्करबाट घटना स्थल मै ज्यान गएका बालकको शव प्रादेशिक  अस्पताल मलंगवामा राखिएको र ठक्कर दिने स्कारपियो र स्कारपियोका चालकलाई  जिल्ला प्रहरी कार्यलय सर्लाहीको नियन्त्रणमा राखिएको  जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech