बहुविवाह वैधीकरण विरुद्ध सर्लाहीमा महिला अघिकारकर्मीहरु आन्दोलीत

381 Shares

बहु विवाहको वैधीकरण विरुद्ध विभिन्न महिला अधिकारकर्मीहरुले सर्लाही सदरमुकाम मलंगवा स्थित जिविस चोकमा धर्ना दिएका छन्।धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष रम्भा झाले बहुविवाहलाई वैध बनाउने सरकारी प्रयास महिलामाथि प्रत्यक्ष विभेद र सामाजिक प्रतिगमनको संकेत भएको बताईन्।राज्यले महिला अधिकारको संरक्षण र प्रवद्र्धनमा पुनःप्रतिबद्धता जनाउनै पर्ने नत्र हामी निरन्तर आन्दोलन मै रहने उनले बताईन् ।
धर्ना कार्यक्रममा मानव अधिकारकर्मी मुकेश कुमार मिश्र,बुधन साह तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने दिवानी घिमिरे,रिना साह र दिव्या साह लगायत गैर सरकारी संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।सहभागीहरूले बहुविवाह सम्बन्धी कानुन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।धर्ना कार्यक्रममा “मेरो शरीर मेरो अधिकार”“संविधानले दिएको हक कागजमा किन भयो लक”“नारी शोषण सहँदैन,बहुविवाह चल्दैन”जस्ता नारा लेखिएका व्यानरहरु राखिएको छ।यस अघि महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

सम्बन्धित समाचार