शुक्रबारदेखि झरी रोकिएपछि सर्लाहीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।निरन्तर पानी परिरहँदा हरेक क्षेत्र प्रभावित बन्न थालेको थियो तर शुक्रबार दिउँसोदेखि पानी पर्न रोकिएपछि जिल्लाको जनजीवन सामान्य तर्फ उन्मुख भएको हो ।शुक्रबार दिउँसोबाट पानी पर्न रोकिएपछि शनिबार दिनभर अत्याधिक गर्मी बढेको छ ।पानी पर्थ छाडे लगतैदेखि अत्यधिक गर्मी सूरु भएको हो ।बारम्बार ठूलो पानी परिरहँदा जनजीवन प्रभावित बनिरहेको भएपनि पानी पर्न छाडेपछि अत्याधिक गर्मी हुँदा गर्मीले जनजीवन प्रभावित भएको छ ।
मानो रोपेर मुरी फलाउँने समयमा अत्याधिक पानी परेपछि खेतमा पानी धेरै जमेर जिल्लाको दक्षिण भेगका किसानहरुले धान रोप्न पाएका छैन्न भने आकाशे वर्षाको पूर्ण भर रहेको क्षेत्रमा भने ठूलो पानीले राहत पुर्याएको छ ।पानी पर्न रोकिएपछि जिल्लाका भित्री सडकहरुमा जमेको पानी विस्तारै घटन थालेको छ।भारी वर्षाले पूर्व पश्चिम लोकमार्गसहित अन्य भित्री पक्की सडकहरुमा ठाउँठाउँमै पिच भत्किएको छ भने ती खाल्डाहरुमा पानी जमेका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसोबाट पानी रोकिएपछि बाँके,कालिन्जोर,फूलजोर,लखन्देही,बागमती र झिमनदीका साथै अन्य साना खोालहरुमा पानीको सत्तह केही घट्न थालेको छ।लगातारको वर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा आएको बाढी घट्न थालेपछि चुरे तथा ग्रामीण भेगका विकट गाउँका स्थानीयलाई एक गाउँबाट अर्काे गाउँ जान आउन सहज हुन थालेको छ ।पछिल्ला दिनहरुमा भएको लगातारको वर्षाका कारण चुरे तथा ग्रामीण भेगका विभिन्न स्थानहरुमा स्थानीय तहहरुले निर्माण गरेका कच्ची सडकका ट्रयाक ठाउँठाउँमै कटान गरेर मोटरसाइकल समेत लान सक्ने अवस्था छैन।
लगातारको वर्षाले भित्री गाउँहरुलाई बजारसँग जोड्ने दर्जनौँ सडकमा माटो बगाएर भ्वाङ पारेको छ भने जिल्लाका हुलाकी सडकहरुमा समेत क्षेत्ती पुर्याएको् छ।पानी रोकिएपछि डुबान तथा कटानको चपेटामा परेका जिल्लाका विभिन्न क्षेत्रका स्थानीयलाई केही राहत भएको छ ।