तस्करी र सेटिङ भताभुंग पर्छु ः प्रहरी उपरिक्षक तिम्सिना

3.2k Shares

सिन्धुलीमा अनैतिक र अबैध रुपमा हुने सबै तस्करीका सेटिङ भताभुंग गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी  उपरिक्षक आभुषण तिम्सिनाले बताउनु भयो । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज काठमाडाँैबाट भरखरै सरुवा भइ सिन्धुली आउनु भएका प्रहरी उपरिक्षक  तिम्सिनाले जिल्लाका पत्रकारहरुसंगको भेटघाटमा यस्तो बताउनु भएको हो  ।
जिल्लाका प्रहरी चौकी तथा इलाका प्रहरी कार्यलयमा लामो समयसम्म कुनै प्रहरी कर्माचारी राखिँदा एकै स्थानमा राख्दा प्रहरीको मिलेमतो तथा सेटिङमा अबैध धन्दा चलाउने र अबैध कारोबार हुने गरेको पाइएको भन्दै त्यसलाई व्यावस्थापन गर्नु पहिलो काम आफ्नो भएको उहाँले बताउनु भयो ।
उहाँले प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध रहेको भन्दै सबै नागरिकको पहुँचमा प्रहरी कार्यालय रहेको बताउनु भयो । जिल्लाको शान्ति सुरक्षामा परिवर्तनको आभाष जिल्लाका नागरिकहरुलाई गराउने उहाँले बताउनु भयो । आफु कडा स्वाभावको भएको भएपनि नागरिकको न्याय नमार्ने उहाँले बताउनु भयो । उहाँले कानुनी कुरामा न्याय नमार्ने र  पिडितले न्यायको खोजीमा भौतारिनु नपर्ने बताउनु भयो ।
 जिल्ला प्रहरी कार्यालयमा जनशक्तिको समेत अभाव रहेको भन्दै भएका जनशक्तिले नै शान्ति सुरक्षा दिन आफुहरु सधै लागि पर्ने उहाँले बताउनु भयो । सिन्धुलीमा अबैध रुपमा गाँजा खेती हुदै आएको विषयमा आफुलाई जानकारी भएकाले त्यसलाई प्रमुख प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रयास भएको उहाँले बताउनु भयो ।  कानूनी रुपम ाप्रहरी सधैँ तपाईको साथमा रहेको उहाँले बताउनु भयो । उर्मिला भट्टराई 

सम्बन्धित समाचार