उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए।महोत्तरीको गौशाला नगरपालिका १ ईटाटार गाउँमा स्थापना भएको नेपाल सबैभन्दा ठूलो नेपाल पल्प एण्ड पेपर इन्डस्टिूज प्रा।लि।को उद्घाटन गर्न महोत्तरी आएका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि गौशाला नगरपालिका १ ईटाटार गाउँमा स्थापना भएको नेपाल कै सबैभन्दा ठूलो कागज उद्योग नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज प्रा।लि।ले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास समेत व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नीजि क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकोले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए।“अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन।सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्।यसमा प्रदेश सरकारहरू पनि अघि सर्न जरुरी छ ।”प्रधानमन्त्री ओलीले बताए ।आईएमई ग्रुपको रु दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो र नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग गर्ने कागज उद्योग स्थापना भएको उद्योगका निर्देशक अरुण भण्डारीले जानकारी दिए ।
उनका अनुसार बैंक तथा वित्तीय संस्था,पर्यटन,अटोमोबाइल र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्दै आएको आईएमई ग्रुपले देशकै सबैभन्दा ठूलो कागज उद्योग पनि सञ्चालनमा ल्याएको हो।नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले कागज आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए।उनका अनुसार २०७८ सालमा शिलान्यास भएको उद्योगले निर्माण र परिक्षण सकिएसंगै बिहीबार औपचारिक उद्घघाटन गरिएको हो।स्वदेशी कच्चा पदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएर उद्योग स्थापना गरिएको उद्योगले दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने र प्रत्यक्ष रूपमा करिब पाँच सय जनालाई रोजगारी दिने छ ।
नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि देशमा कागज उद्योगको अभावका कारण सम्पूर्ण कागज आयात गर्नुपर्ने अवस्था छ।विद्यालय तथा कलेजमा प्रयोग हुने कापी,फोटोकपी पेपर,ट्वाइलेट पेपर र टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। उद्योग सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशत भन्दा बढी कागज स्वदेशमै उत्पादन हुने उद्योगको दाबी छ।उद्योग स्थापनाको चरणमा विद्युत विस्तार गर्दा केही स्थानीयले अवरोध गरेपछि योजना बनाएको समयावधि भन्दा बढी समय लागेर उद्योग सञ्चालनमा आएको हो ।