सर्लाहीको हरिवन नगरपालिकाका स्वास्थ्यकर्मीहरुले घर घर मै गएर आमा तथा नवजात शिशुहरुको स्वास्थ्य परिक्षण गरेका छन् ।हरिवन नगरपालिकाका सबै ११ वटै वडाहरुका घर मै गएर अस्पतालबाट सुत्केरी भएर गएका आमा र शिशुलाईलाई स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।उनका अनुसार पहिलो जाँच र चौथो जाँच स्वास्थ्य संस्थामा र बाँकी जाँच घरमै गएर स्वास्थ्यकर्मीहरुले गर्ने गरेका छन्।गर्भवती महिलाको चार पटक सवस्थ्य जाँचगर्नु पर्ने प्रावधान अनुसार पहिलो जाँच स्वास्थ्य संस्थामा गराएपछि बाँकी दोश्रो र तेश्रो जाँच स्वासथ्यकर्मीहरुले घरमै गएर तथा चौथो जाँच पुन स्वास्थ्य संस्था मै गराइने गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए ।
बच्चा र आमालाई नर्स र महिला स्वायमसेविकाको टोली घरमै पठाएर जाँच गर्ने व्यावस्था मिलाईएको नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।उनका अनुसार सुत्केरी आमा र बच्चाको लागि निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्ने गरिएको छ ।हरिवन नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएसंगै नगरको स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरेका नगर प्रमुख बुढाथोकी सहित उनको प्रयासलाई साथ दिने स्वास्थ्यकर्मीहरुका साथै जन प्रतिनिधिहरुका कारण हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश प्रदेश मै पहिलो भएको स्थानीय जानकारहरु बताउँछन् ।प्राथमिक स्वास्थ्य केन्द्र समेत नरहेको हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा मधेश मै पहिलो हुँदा मधेश प्रदेशका अरु एक सय ३५ पालिका लाई अहिले बाहिर आफ्नो पालिकाको स्वास्थ्य अवस्थाको चर्चा गर्न लाज लागेको छ ।