सर्लाहीमा मंगलबार हुने स्ववियु निर्वाचनको तयारी पूरा

380 Shares

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी सर्लाहीमा पूरा भएको छ।त्रिभुवन विश्वविद्यालय मातहत रहेका सर्लाहीका चार वटा मध्य तीन वटा क्याम्पस सहित देशैभरी मंगलबार एकैसाथ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।सर्लाहीको सबैभन्दा पुरानो क्याम्पस सर्लाही क्याम्पस मलंगवा,जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुँदै छ।तीनवटै क्याम्पसको स्ववियु निर्वाचन समितिले मंगलबार हुने मतदान र मतगणनाको तयारी पूरा भएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार सर्लाही क्याम्पस मलंगवामा सबैभन्दा धेरै तीन हजार दुई सय ४९ जना मतदाता रहेका छन्।स्ववियु निर्वाचनका लागि जनज्योति बहुमुखी क्याम्पस लालबन्दी एक हजार ८४ जना र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा आठ सय २८ मतदाता रहेका छन् ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत् विद्यार्थीहरुले मतदान गर्न पाउने छन् ।
सर्लाहीका तीनवटा क्याम्पसमध्ये सर्लाही क्याम्पस मलंगवामा तीनवटा संगठन एवम समूह,जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा दुुई÷दुईवटा विद्यार्थी संगठन प्रतिस्पर्धामा रहेका छन् ।त्यसैगरी कर्मैया आर्दश बहुमुखी क्याम्पस बागमतीमा नेकपा(माओवादी केन्द्र)निकट अखिल(क्रान्तिकारी) निर्विरोध भई सकेको छ ।स्ववियुको निर्वाचनमा आफ्नो दल निकट विद्यार्थी संगठनलाई जिताउन जिल्लाका शिर्षस्त नेता र जनप्रतिनिधिहरु समेत प्रतिस्पर्धी विद्यार्थीहरुका घर दैलोमै पुुगेर मत मागिरहेका छन् । 

सम्बन्धित समाचार