सर्लाहीका चार पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटिए

207 Shares

सर्लाहीका चारवटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु खटाईएको छ।विगत लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरी रहेका हरिपुर नगरपालिकामा  जयराम नेपाल,बागमती नगरपालिकामा राम प्रसाद शर्मा,कविलासी नगरपालिकामा मनहरी बराल र गोडैता नगरपालिकामा हेम बहादुर कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाईएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी प्रवत्ता नीता पोखरेल(अर्याल)ले जानकारी दिईन् ।
उनका अनुसार देशभरका स्थानीय तहहरुका ६३ जना उपसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय भए अनुसार सर्लाहीका रित्त रहेका चार वटा नगरपालिकामा उप सचिवहरु खटाईएको हो ।उनीहरुलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको हो ।
स्थानीय तहहरुका जनप्रतिनिधिहरुले आफु अनुकुलका काम गर्न खोज्ने र नियम कानूनले नमिल्ने काम गराउन खोज्दा धेरै पालिकाहरुका प्रमुख प्रशासकीय अधिकृतहरु सरुवा गराएर अन्यन्त्र जाने गरेका कारण लामो समयदेखि लेखा शाखा,प्राविधिक शाखाका साथै स्वस्थ्य र शिक्षा तर्फका अधिकृतहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम काज गर्दै आएका छन् ।

सम्बन्धित समाचार