सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्जाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको छ।दुधौली नगरपालिका–८ स्थित खोरभञ्जाङका लोक बहादुर तामाङको घरमा जुवा खेल भई रहेको विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले नगद रु एक लाख ५५ हजार सहित १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी र्काालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय डकाहाकी प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले छापा मारेर दुधौली नगरपालिका–१३ का ३१ वर्षीय सेते तामाङ,दुधौली नगरपालिक–८ का २९ वर्षीय बुद्धराज ठकुरी,सोही ठाउँका ७५ वर्षीय लोक बहादुर तामाङ,अर्का ४८ वर्षीय शेर बहादुर खड्का,अर्का ७५ वर्षीय इन्द्र बहादुर ज्यु ठकुरी,दुधौली नगरपालिका–१४ का ३५ वर्षीय नाग बहादुर तामाङ,दुधौली नगरपालिका–८ का ६३ वर्षीय चन्द्र मणी दाहाल,दुधौली नगरपालिका–९ का ५५ वर्षीय प्रेम खत्री,दुधौली नगरपालिका– १२ का २१ वर्षीय सन्देश बुढाक्षेत्री,दुधौली नगरपालिका–८ का ६४ वर्षीय बुद्धराज राई,दुधौली नगरपालिका– १४ का २२ वर्षीय पदमबहादुर तामाङ रहेका छन्।
त्यस्तै दुधौली नगररपालिका– ९ का ३७ वर्षीय टेक बहादुर तामाङ(विकास),दुधौली नगरपालिका–८ का ५० वर्षीय इन्द्र बहादुर तामाङ,सोही ठाउँका ५० वर्षीय जंग बहादुर हमाल र २५ वर्षीय शेर बहादुर तामाङ(दिवश)लाई पक्राउ गरेको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरभित्र दुईवटा खाल बनाएर जुवातास खेलिरहेको अवस्थामा उनीहरु फेला परेका थिए।उनीहरूको साथबाट दुवै खालमा गरी कुल रु. एक लाख ५५ हजार नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।पहिलो खालबाट मात्रै रु. एक लाख ४४ हजार आठ सय ७५ र दोस्रो खालबाट रु. १० हजार एक सय २५ बरामद भएको सिन्धुली प्रहरीले जनाएको छ।यसबारे मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। नियन्त्रणमा लिएका मानिसहरुको सवालमा अनुसन्धान सुरु भएको सिन्धुली प्रहरीले जनाएको छ ।