Close This

नेकपा(माओवादी केन्द्र) लालबन्दी ७ को वडा सम्मेलन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-८ गते   ३२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) सर्लाही लालबन्दी नगरपालिका ७ को वडा भेला सम्पन्न भएको छ । १७ वटा वडा रहेको लालबन्दी नगरपालिकामा आज(बुधबार) वडा नम्बर ७ को वडा भेला सम्पन्न भएको हो ।
आज सम्पन्न प्रथम वडा सम्मेलनले हरि बस्नेतको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा सन्तोष बानिया,सचिवमा शशी थापा ,सह सचिवमा दिनेश पाठक र कोषाअध्यक्षमा उषा वि.क लगायतका २९ सदस्यीय पदाधिकारी सवै सहमत चयन गरिएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिले जनाएको छ । 
हरि बुढाथोकीको अध्यक्षतामा भएको वडा सम्मेलनमा नेकपा(माओवादी केन्द्र) प्रदेश २ का प्रदेश कमिटि सदस्य विश्वजीत डिसीको प्रमुख आतिथ्यता रहेको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिव लेखराज जर्घा मगरले जानकारी दिनु भयो । 
उहाँका अनुसार अब लालबन्दी नगरपालिकाको वडा नम्बर १७ मा वडा सम्मेलन हुन बाँकी रहेको छ । भने अहिले सम्म सबै वडाहरुमा सर्वसहमत  वडा कमिटि चयन गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech