शसस्त्र द्धन्द्धमा वेपक्ता पारिएका आफ्ना दाजु दिल बहादुर सार्वजनिक गर्न बहिनी सरिताको माग

752 Shares

शसस्त्र जनयुद्धको क्रममा आजैका मितिमा भैरव नाथ गणबाट बेपत्ता पारीएका ओखल्ढुङ्गाका आफ्न्तको वस्तुगत अवस्था सार्वजनिक गर्न पीडित परिवारले माग गरेका छन्।

२०५९ असार ३ गते आजैका दिन भैरव नाथ गणबाट बेपत्ता ओखलढुंगा निवासी आफ्ना दाई दिल बहादुर राई(प्रविन)को हालको वस्तुगत अवस्था सार्वजनिक गर्न उनकी बहिनी सरिता राई (किराती)ले माग गरेकी छन् ।
“१७ हजारमा एक जना मेरो दाई दिल बहादुर राई (प्रविन) पनि हो ? अनि उसको जिम्मा चही कसले लिने ? राज्य कि ? शेर बहादुर कि ? के पि ओली कि ? अरुले सेनापती प्याराजंग थापा,जर्णेल दिलिप रायमाझी,तत्कालीन गृह मन्त्री रुकमाङगत कटुवाल,विप्लब गुरुङ,सुदिप बहादुर शाह,१० नं बाहिनी पती,युद्धभैरब गण र महाविर गणका गणपती र सेनापतीहरु ? भन्दै उनले आफ्ना दाईको जिम्मा लिनु पर्ने वा वस्तुगत अवस्था सार्वजनिक गर्नु पर्ने माग गरेकी छिन् ।
तत्कालीन सेनापती प्याराजंग,जर्णेल दिलिप,गृह मन्त्री रुकमाङगत लगायत विप्लब गुरुङ,सुदिप बहादुर शाह,१० नं बाहिनी पती,युद्धभैरव गण र महाविर गणका गणपती र सेनापतीहरुको बैठकले तत्कालिन जेलमा रहेका सबै बन्दीहरुलाई गोली हान्ने योजना गरेका थिए।त्यस लगतै २०५९ असार ५ गते कर्णेल राजु बस्नेत,मेजर बिबेक बिष्ट, क्याप्टेन ईन्द्रबिर राणा लगायत सैनिकहरु धनबिर खत्री,हवल्दार खड्ग महत र चन्द्रप्रकाश पौडेल सहितको टोली बन्दी गृहमा एकाएक प्रवेश गरी हिमाल शर्मा,बिना मगर,कृष्ण केसी,बिरेन्द्र बस्नेत र बिजय भट्टराई सो टर्कमा नअटाएपछी उनीहरु बाहेक अरु सबै ४९ जना कैदीबन्दी सबैलाई हत्कडी लगाएर त्यसपछी आँखामा कालो पट्टी बाँधेर टर्कमा लिएर शिबपुरी जंगल तिर लिएर गए ।ज्ञानेन्द्र त्रिपाठी,दिपेन्द्र पन्त,सिएन ढुङ्गाना,गोकुल निरौला,पुष्प बस्नेत,अर्जुन पोखरेल,हेम नारायण सुवेदी भवनाथ धमला,निश्चल तिवारी,सुचेन्द्र महर्जन,भिम महर्जन,हिरा रोका,भिम गिरी,जालन्धर बाँस्तोला,देशभक्त चापागाई,हिरा बहादुर थापा,दुर्गा बश्ङखे,रेनुका दुलाल,रेवकला तिवारी,लिला अधिकारी,लिला पाण्डे,कमला वाईवा,बाबुकाजी शाक्य,राजेन्द्र थापा,प्रकाश लामा,तेनमान बि.क, सुर्दशन श्रेष्ठ,बुद्दी लामा,राम काफ्ले,डोलेश्वर लिम्बु,रुपक अधिकारी,बिके श्रेष्ठ र शान्तीराम भट्टराई लगायत दिल बहादुर राई तथा हिरा बहादुर सारु मगर,नवीन राई,बिपिन भण्डारीहरु भैरब नाथ गणबाट बेपत्ता पारीएको थियो । 
अनि अहिले सम्म पनि बेपत्ता नै छन् र अन्य ब्यारेकका करिव ६७ जना कैदीबन्दीलाई पछाडिबाट गोली हानेर मारेका थिए भने कयाँै घाईतेहरु गोली लागेर छटपटाउँदै गरेकै अवस्थामा पानी पानी भनेर कराउँदै थिए तर उनिहरुले ति कैदी बन्दिहरुलाई बन्दुकको नालले हिर्काउँदै जिउँदै गाडेको थिए भने कतिपय महिला घाईते अवस्थामै बलात्कारको शिकार भई गोली खान बाध्य भएका थिए ।उनीहरुलाई गोली हान्ने मेजर बिबेक बिष्ट,राजु बस्नेत र ईन्द्रवीर शमशेर राणा नै थिए भन्ने प्रमाण सहित हाजिर भए ताजै छन् ।जतिबेला सरकार प्रमुख शेर बहादुर देउवा थिए त्यसदिन नर संहारकारी हत्याकाण्ड भएको थियोे इतिहासमा भुल्ने छुट कसैलाई छैन ।

यदी मेरा दाजु सकुसल छन् भने कहाँ छन् र हत्या गरिएका हुन भने १७ हजार शहिदको लिष्टमा अटाउँछन् की नही”भन्दै बहिनी सरिताले वस्तुगत अवस्था सार्वजनिक गर्न माग गरेकी हुन् ।

सम्बन्धित समाचार