Close This

एक महिनापछि नेकपा सचिवालय बैठक आज बस्दै

पत्र पत्रिका    प्रकाशित: २०७७-४-३२ गते   २७१ पटक हेरिएको

झण्डै एक महिनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि बस्न नसकेको बैठक आज विहान साढे नौ बजेका लागि बोलाइएको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदल अनुमोदन गराउन बैठक बोलाइएको हो । बैठकले कार्यदलको कार्यादेश पनि तयार पार्नेछ । गत साउन तीन गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको छैन ।

सो बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन प्रस्ताव गरेका थिए । नेकपाका दुई अध्यक्षले शुक्रबार विवादमा सहमति जुटाउन छ सदस्सीय कार्यादल गठन गरेका थिए । कार्यदल गठनका बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले असन्तुष्टि ब्यक्त गर्दै आएका छन् ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । कार्यदल गठनसँगै नेकपाका देखिएको विवाद समाधान उन्मुख देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech