हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईबाले वन विनाश गरेको आरोप

398 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्षलाई वन विनास र सार्वजनिक सम्पत्तिको दुरुपयोगको गरेको आरोप लागेको छ।हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबालाई हरिहरपुसरगढी गाउँपालिका ६ स्थित रागेखोला देखि रागेचौर सम्मको जंगल,मानव बस्ती रहित क्षेत्रमा हजारौं सालका रुख कटानी गरी नयाँ सडक निर्माण गरि वन विनास र सार्वजनिक सम्पत्तिको दुरुपयोगको गरेको आरोप लागेको हो ।
पहिल्यै सञ्चालनमा रहेको वैकल्पिक व्यवस्थित सडक हुँदाहुँदै मानव वस्ती नभएको ठाउँमा नयाँ सडक निर्माण गर्नु,उपभोक्ता समिति गठन नगर्नु र वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी सडक निर्माण गर्नुले आर्थिक अनियमितताका साथै वातावरणीय सन्तुलन समेत बिग्रिएको स्थानीयको आरोप छ ।स्थानीयवासीले उजुरी गरेपछि स्थलगत अध्ययनका लागि टोली खटाइएको डिभिजन वन कार्यालय कपिलाकोट मरिणका प्रमुख एवम डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले बताए।सडक निर्माणको नाममा नियम विपरीत सालका रुख कटान गरिएकाले कानुनी कारबाही प्रक्रिया सुरु हुन्छ ।उनले भने,
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाइबाले निर्णयहरू एकलौटी रूपमा लिँदै आफूलाई उपेक्षा गरेका गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले आरोप लगाए।“डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन बिना आर्थिक लाभका लागि गरिएका योजनाहरूले समस्या सिर्जना गरेको नेकपा(एमाले)का नेताहरुले बताएका छन् ।
वन र सार्वजनिक स्रोतको विनास नियन्त्रणका लागि सरोकारवाला निकाय र स्थानीयहरूले तत्काल कदम चाल्नुपर्ने दबाब दिएका छन्।हाल काम रोकिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाइबाले बताए।तर यो घटनाले उनका गतिविधिहरूमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको जानकारहरु बताउँछन् ।हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईबा एक पछि अर्काे विवादमा पर्दै आएका छन्।केही समय पहिला अर्काेको घर विर्गान लागि परेका वाईवा समय समयमा विवादका कारण चर्चामा आई रहने गरेका छन् ।

सम्बन्धित समाचार