नेकपा (माओवादी केन्द्र) इच्छाकामनाका सह–इन्चार्ज चन्द्र बहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज(शनिबार)इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आयोजित एक कार्यक्रमका वीच माओवादी केन्द्र इच्छाकामनाका सह–इन्चार्ज चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
कार्यक्रममा चेपाङसँगै नेकपा (एमाले) चितवनका जिल्ला सदस्य चन्द्र बहादुर परियार पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उक्त कार्यक्रमबाट विभिन्न पार्टीका गरि करिब एक सय जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस इच्छाकामनाले जनाएको छ ।उनीहरु सबैलाई नेपाली काँग्रेस चितवनका जिल्ला सभापती जीत नारायण श्रेष्ठले टिका लगाएर पार्टीमा स्वागत गर्नु भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला सभापती श्रेष्ठले काँग्रेस चितवनमा प्रवेशको लहर चलेको बताउनु भयो । श्रेष्ठले जिल्लाका हरेक स्थानिय निकायमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गर्न आत्तुर भएका बताउनु भयो ।
नेपालीहरु कम्युनिष्टबाट अजित भएका कारण पनि काँग्रेसप्रति आकर्षण बढेको सभापति श्रेष्ठको भनाई छ । देशको विकास र निकास काँग्रेसबाट मात्र सम्भव रहेको सभापति श्रेष्ठले दाबी गर्नु भयो । इच्छाकामना न्युजबाट