हुण्डीकाे ३२ लाख रकम सहित २ जना सर्लाही प्रहरीकाे नियन्त्रणमा

303 Shares

पुर्व पश्चिम हुलाकी राजमार्ग अन्तरगत सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको रु ३२ लाख रकम सहित दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बुढाथोकीको नेतृत्वको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०५–००१ प ११०६ नम्वरको मोटरसाइकललाई विशेष सुचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार रामनगर गाउँपालिका–३ का अन्दाजी २८ वर्षीय गुडु कुमार यादव र सोही ठाउँका अन्दाजी २४ वर्षीय रुपेश कुमार यादवलाई रोकी चेकजाँच गर्दा रु.हजारका दुई हजार पाँच सय थान अर्थात रु २५ लाख,रु पाँच सयका एक हजार तीन सय थान अर्थात रु छ लाख ५० हजार र रु.सयका पाँच सय थान अर्थात रु ५० हजार गरी कुल रु ३२ लाख स्रोत नखुलेको रकम बरामद् भएको हो ।
बरामद् भएको रकम,मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको अप्रेशन शाखाका प्रहरी निरीक्षक बुढाथोकीको नेतृत्वको अप्रेसन टोलीले पछिल्लो समय करिब रु एक करोड ५० लाख बराबरको अवैध भेप समेत नियन्त्रणमा लिएपछि भेप तस्करी गर्ने तस्करको निद हराम भएको छ भने हुण्डी कारोवारीहरुको भागदौड मच्चिएको स्रोतले जनाएको छ।जसका कारण तस्कर समुहले प्रहरी निरीक्षक बुढाथोकीलाई बद्नाम गराउन विभिन्न किसिमका मिडिया बाजी समेत गराएका सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार