Close This

उखु किसान ठग्ने अग्रवालको अनुसन्धानमा पुनःसातदिन म्याद थप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२७ गते   २२१ पटक हेरिएको

 सर्लाहीका उखु उत्पादक किसानहरुको करोडौं रकम भुक्तानी नगरि फरार रहेका सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई ठगी लगायत मुद्धामा अनुसन्धान गर्न भन्दै जिल्ला अदालत सर्लाहीले तेस्रो पटका म्याद थप गरेको छ ।
उनिमाथी अनुसन्धान भन्दै अघि  माघ १४ गते पाँच दिन, १९ गते सात दिनको म्याद थप भएको थियो ।  सोमवार पुनः सात दिन म्याद गरिएको जिल्ला प्रहरी कार्याल सर्लाहीका  प्रहरी प्र्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले तेस्रो पटक सात दिनको म्याद थपेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो।  
माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कार्बाहीका लागि माघ १५ गते साँझ सर्लाही ल्याईएको थियो ।  अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले सर्लाही पठाएको हो ।
अग्रवाल विरुद्ध सर्लाहीका  किसानले वर्षौं देखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको र त्यसैको आधारमा उनलाइ पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो। प्रहरी उपरीक्षक राठौरका अनुसार अग्रवाल विरुद्ध ठगी, अपराधिक, विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको छ  । उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार किसानहरुलाई रु १७ करोड दिन बाँकी थियो । जसमध्ये हालसम्म रु १२ करोड ६३ लाख ७२ हजार १ सय ९८ भुक्तानी भईसकेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो। सर्लाही प्रहरी सर्लाही प्रशासनको विशेष पहलमा किसानहरुको रकम सिधैँ खातामा संकलन गर्ने काम सुरु भएको थियो।
उद्योगले बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायतका स्थानिय निकायका हजारौं उखु उत्पादक किसानहरुको वर्षौंदेखिको भुक्तानी बाँकी राखेको छ । उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार त्यति देखिएपनि किसानहरुले दाबी गरेको अझै निकै रकम हुन सक्ने सर्लाही प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech