Close This

जिल्लाका ३ स्थानिय निकायमा अक्सिजनसहितको आइसोलेसन, १७ स्थानिय निकाय सुस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-५ गते   २४५ पटक हेरिएको

 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) संक्रमणले यतिवेला विश्वलाई नै त्रासित बनाएकोछ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढी रहेको छ । व्यावस्थापनमा समस्या सृजना हुन थालिसकेको स्थानिय प्रदेश र केन्द्र सरकारले बताउन थालि सकेका छन् ।
भने कोरोना संक्रमितहरुलाई उपचारका लागि आइसोलेसन बनाएका सर्लाहीका स्थानिय निकायहरूले अक्सिजनको जोहो गर्न थाले पनि सिलिन्डर नै नपाएको गुनासो गर्न थालेका छन् । जिल्लाका स्थानिय निकायहरू भयावह स्थितिबाट जोगिन अक्सिजन सिलिन्डरको व्यवस्थापनमा जुटेका छन् ।
लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १० वेडको आइसोलेसन तयार पारीएको छ । १० वेडको आइसोलेसन वेडमा १० वटा अक्सीजन सिलिण्डर छन् ।कुनै सिलिण्डर प्रयोग गर्दै गर्दा सकिएमा तत्कालै अर्काेसिलिण्डर प्रयोग गर्न सक्ने अवस्था नरहेको  लालबन्दी नगरपालिकाको स्वासथ्य शाखाले जनाएको छ ।
 त्यस्तै,बरहथवा नगरपालिकाले सर्पदंश उपचार केन्द्रमा २५ बेडको आइसोलेसन निर्माण गरेको छ । तर त्यहाँ अक्सिजनको व्यवस्थापनमा गर्न नसकिएको नगरपालिकाका नगर प्रमुख देवानन्द महतो बताउँनु भयो । उहाँले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न निकायमा अक्सिजन सिलिन्डर व्यवस्थापन गरिदिन आग्रह गरे पनि कतैबाट जोहो नभएको बताउनु भयो ।
तर संक्रमित थपिए पनि आइसोलेसनमा जाने संक्रमितको संख्या अत्यन्तै न्युन रहेको पाइएकोछ । ‘संक्रमण दिन प्रतिदिन बढ्दै छ, स्थानिय सरकारलाई उहिहरूको व्यावस्थापनको चिन्ता छ तर संक्रमितहरु आइसोलेसनमा जाँदैनन् हामीलेआइसोलेसनमा बेडहरू तयारी अवस्थामा राखेका छौँ ।” तर पनि संक्रमितहरुले आफु संक्रमित भएको भनि आइसोलेसनमा नआउने गरेका लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । अहिलेदेशभरका स्थानिय निकायलाई अक्सिजन सहितको आइसोलेसन वेड व्यावस्थापनको चिन्ता तर नागरिकलाई मरिन्छ की भन्ने चिन्ता छैन उहाँले बताउनुभयो। 
जिल्लाको लालबन्दी,हरिवन र गोडैता नगरपालिकाले मात्र अक्सिजनसहितको आइसोलेसन निर्माण गरेका छन् । लालबन्दी नगरपालिकाले १० वेडको,गोडैता नगरपालिकाले १५ वेडको अस्थायी कोभिड अस्पताल बनाएको छन् । त्यहाँ अहिलेलाई पुग्ने अक्सिजन सिलिन्डर भए पनि संक्रमण बढ्दै गएकाले गम्भीर बिरामीलाई अक्सिजन अभाव हुन सक्ने चिन्ता थपिएको छ । तर, थप सिलिन्डर नपाएको गोडैता  नगरपालिकाका नगर प्रमुख  देवेन्द्र यादवले बताउनु भयो । भने हरिवन नगरपालिकाले एक सय वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । यी तीन स्थानिय निकायले कोरोनाको दोस्रो लहर सुरु भए लगतै अक्सिजन सहितको अस्थायी कोभिड अस्पतालको व्यावस्था गरेका थिए ।
अक्सिजन अभावकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।  ‘हामीले पहिले नै कोरोनाको दोस्रो लहरले विकराल रूप ल्याउँछ भनेर आंकलन गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण ग¥यौं, अक्सिजनकै कारण हाम्रो नगरका नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन,’ उप प्रमुख लामांले बताउनु भयो । ‘ गम्भीर बिरामी र अक्सिजन बिना समस्यामा परेका स्थानिय निकायलाई पनि आफुहरुले सक्दो सहयोग गर्ने हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाभरि अक्सिजनसहितको आइसोलेसन तयार भइरहेको जनाएको छ । जिल्लाभरि १ सय ४७ अक्सिजन सिलिन्डर रहेको जनाउँदै थप व्यवस्थापन भइरहेको  सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले बताउनु भयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सर्लाहीले तीनवटा चिनी उद्योगमा राखिएका १ सय २२ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । चिनी उद्योगमा ८० थान भरिएको र ४२ थान खाली रहेको अक्सिजन सिलिन्डर संकलन गरी जम्मा पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
जिल्लाको हरिवन नगरपालिका ११ मा रहेको इन्दुशंकर चिनी उद्योग, गोडैताको महालक्ष्मी चिनी उद्योग र धनकौलको अन्नपूर्ण चिनी उद्योगमा ती सिलिन्डर रहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । संक्रमितलाई आवश्यक परे तुरुन्त अक्सिजन पुर्याउने गरी  राखिएको उहाँले बताउनु भयो । सर्लाहीमा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् । तर अरु स्थानिय निकायको भने कोरोना सम्बन्धी तयारी सुस्त देखिएको छ । आफ्ना स्थानिय निकायहरुमा कोरोना भाइरस संक्रमणको बिरामीहरुको संख्या खासै नभएका कारण आफुहरुले तयारी पनि नगरेको ती स्थानिय निकायका प्रमुखहरुले बताएका छन् । देशैभरमा सबै भन्दा धेरै स्थानिय निकाय रहेको सर्लाहीमा छिमेकी देश भारतसंग ५१ किलो मिटर खुल्ला सिमाना रहेको छ । भारतमा कोरोना संक्रमिताको संख्या तिब्रगतीमा बढी रहेको र त्यसको प्रभाव खुल्ला सिमाना भएका जिल्लाहरुमा पर्नु स्वाभाविकै भएपनि त्यसको व्यावस्थापनामा सरोकारवाला निकाय मौन देखिनु दुखद् कुरा हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech