Close This

सामुदायिक रेडियो मरिणको परिक्षण प्रशारण शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-११ गते   ९३ पटक हेरिएको

सिन्धुलीको मरिण गाँउपालिकाबाट सामुदायिक रेडियो, रेडियो मरिण १०२.७ मेगाहर्जको परिक्षण प्रशारण आरम्भ भएको छ । मरिण गाउपालिका र जनजागरणको लागि नागरिक अभियान,सिन्धुलीको साभेदारीमा स्थापना भएको रेडियो मरिणले सोमवारबाट परिक्षण प्रशारणमा शुरु गरेको हो ।
‘विकास र समृद्धिका लागि सञ्चार’ भन्ने मुल नाराका साथ संचालन भएको सामुदायिक रेडियो, रेडियो मरिण १०२.७ मेगाहर्ज १ सय वाट क्षमताको छ । जिल्लाका अन्य सञ्चार माध्यमको पहुँच कम रहेको मरिण गाँउपालिकामा सामुदायिक रेडियोको परिक्षण प्रसारण शुरु भएपछी स्थानिय नागरिक खुसी भएका मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले बताउनु भयो । उहाँका अनुसार सिन्धुलीको मरिण, हरिहरपुरगढी, घ्याङलेख गाउपालिका लगाएत अन्य छिमेकी जिल्लाका गाँउपालिकाका  आम नागरिक÷श्रोताले सहज रुपमा सुचना, समाचार, मनोरञ्जन सहित सम्पुर्ण खबर जानकारी पाउने भएका छन् ।
मरिण गाउपालिका १ खलंगा डाँडामा स्थापना भएको रेडियो मरिण शुरु भएपछी आम नागरिकले सुचना, समाचार र मनोरञ्जन सहज रुपमा पाउने मरिण गाँउपालिका अध्यक्ष पानीराज बम्जनले कमलामाई मिडिया प्रालीलाई बताउनुभयो । सुचना पाउनु सबैं नागरिकको अधिकार भएकोले गाँउपालिकाद्धारा सम्पादन हुने कामबारे पनि अब आम नागरिक सुचित हुने उहाँले बताउनुभयो ।
जनताले समयमैं सहि सुचना र समाचार पाउन सकुन भनेर मरिणमा रेडियो शुरु गरिएको जनजागरणको लागि नागरिक अभियान सिन्धुलीका अध्यक्ष नरेश देवकोटाले बताउनुभयो । अध्यक्ष देवकोटाले रेडियो स्थापना गर्न सहयोग गर्नुहुने मरिण गाँउपालिका अध्यक्ष बम्जन सहित सिङ्गो गाँउपालिका टिम, सो क्षेत्रका जनप्रतिनिधि, सामाजिक÷राजनैतिक व्यक्तित्व, सहित सबैलाई धन्यवाद र आभार व्यक्त गनुभएको छ । पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech