Close This

नेपाल खेलकुद महासंघ सर्लाही १ सय १ सदस्यीय गठन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१० गते   २२५ पटक हेरिएको

नेपाल खेलकुद महासंघ सर्लाहीको जिल्ला कमिटि गठन गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ मा शुक्रबार भएको कार्यक्रममा  नेपाल खेलकुद महासंघ सर्लाहीको १ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेपाल खेलकुद महासंघ सर्लाहीले जनाएको छ  ।
नेपाल खेलकुद महासंघ सर्लाहीको भेलाले बिजय अधिकारीको अध्यक्षतामा १ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको  सचिवमा भिम मगर,उपा अध्यक्षमा जनक लामा र बिजय गोले त्यसैगरी उप सचिवमा अर्जुन लामा चयन हुनु भएको नेपाल खेलकुद महासंघ सर्लाहीका इन्चार्ज राजु थापाले जानकारी दिनु भयो । 
महासंघका जिल्ला इन्चार्ज थापाकै अध्यक्षता तथा पूर्व खेलकुद मन्त्री एवम महासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएकोएक कार्यक्रममा नेकपा(एमाले)सर्लाहीका अध्यक्ष रेवती पन्त, प्रदेश सभा सदस्यद्धय डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली, नेताहरु सुरेन्द्र लामा, केशव ढुंगाना, उत्तरकुमार मैनाली, चूडामणि वाग्लेलगायतको विशेष उपस्थिती रहेको नेकपा(एमाले) सर्लाहीका नेता वाग्लेले बताउनुभयो । 
तीनै तहको सरकारले कुल बजेटको १ प्रतिशत रकम खेल क्षेत्रमा लगानी गर्ने हो भने खेलकुद क्षेत्रमा त्राmन्ती आउने कार्यक्रमका प्रमुथ अतिथि पुर्व मन्त्री पौडेलले बताउनु भयो । उहाँले आफु खेलकुल मन्त्री भएको समयमा राष्ट्रिय खेलाडीले पाउने दैनिक भक्ता रु २ सय ५० बाट एक हजार पुर्याएको बताउँदै भाषणले मात्र खेलक्षेत्रको विकास नहुने बताउनु भयो । 
भेलाबाट गठित महासंघको जिल्ला कमिटीका सदस्य र महासंघका केन्द्रीय सदस्य बिजु लामा समेतलाई सपथ ग्रहण समेत गराउनु भएको नेता वाग्लेले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न विद्याका खेल प्रर्दशन समेत गरिएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech