डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले निःशूल्क विरुवा वितरण गर्ने भएको छ ।आफ्नो सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले निःशूल्क विरुवा वितरण गर्ने जनाएको हो ।कार्यालय र मातहतका सव डिभिजन वन कार्यालयहरुको वन नर्सरीमा उत्पादन गरिएका टिक, जाकारान्दा,कल्कीफुल,मसला,बकाईनो,ईपिल,खयर,अर्जुना,सिसौं,बेल र अमला लगायतका प्रजातिका विरुवाहरु निःशूल्क विरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार विरुवा आवश्यक पर्ने र लैजाने मानिसहरुले डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीको वन नर्सरीमा ९८४९१४५३८६ र ९८५४०३००५७ मा नवलपुर वन नर्सरीमा ९८५१२१७९७० र ९८४४४५०७९१मा,सव डिभिजन वन कार्यालय लालबन्दीको वन नर्सरीमा ९८५५०३५०३२ मा, सव डिभिजन वन कार्यालय घाँरीको वन नर्सरीमा ९८६२८५०३०० मा सव डिभिजन वन कार्यालय जानकीनगरको वन नर्सरीमा ९८५५०४१५५३ मा,सव डिभिजन वन कार्यालय मुर्तियाको वन नर्सरीमा ९८४४०३२४६५ मा र कविलासी वन नर्सरीमा ९८४००३८७७२ मा सम्पर्क गरेर टिक, जाकारान्दा,कल्कीफुल,मसला,बकाईनो,ईपिल,खयर,अर्जुना,सिसौं,बेल र अमला लगायतका प्रजातिका विरुवाहरु निःशूल्क लैजान सकिने छ ।करिब १० लाख विरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले खाली रहेको तथा वन क्षेत्र अतिक्रमण भएका स्थानहरुमा वृक्षारोपण गर्न र संरक्षण गर्न पनि आग्रह गरेको छ ।