सर्लाहीको हरिवन नगरपालिका २ मा आर्थिक वर्ष २०७९/०८० मा निर्माण भएको पानी पोखरी साउनमा पनि सुख्खा देखिएको छ।हरिवन नगरपालिकाको १६ लाख दुई सय २२ रुपैँया दुई पैसामा आर्थिक वर्ष २०७९/०८० मा हरिवन नगरपालिका २ मा निर्माण भएको पानी पोखरी मध्य वर्षामा पनि सुख्खा पोखरी भएको हो ।
माने गुम्बा पानी पोखरी निर्माण उपभोक्ता समिति मार्फत हरिवन नगरपालिकाको रु १६ लाख र दुई सय २२ रुपैँया दुई पैसा गरी कुल १६ लाख दुई सय २२ रुपैँया दुई पैसामा आर्थिक वर्ष २०७९/०८० अन्र्तगत २०८० बैशाख १३ बाट सुरु भई २०८० असार १५ गते सम्ममा निर्माण गरिएको उक्त पोखरीबाट हरिवन नगरपालिका २ का दुई सय २५ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको उक्त पोखरी मध्य वर्षामा पनि सुख्खा पोखरी भएपछि स्थानीयले प्रश्न उठाउन थालेका छन् ।
हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन योन्जनले रु १६ लाख भन्दा बढी विकास बजेट खर्चिएर पानी पोखरी बनाउने वाहनामा अनियमितता गरेका स्थानीयको आरोप छ ।हरिवन नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटबाट हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा पोखरी निर्माणको लागि भन्दै १६ लाख दुई सय २२ रुपैँया दुई पैसा वडा अध्यक्ष योन्जनले अनियमितता गरेका हरिवन नगरपालिका २ का स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा पोखरी निर्माण गर्न एक ठेकेदार कम्पनीलाई ढुंगा निकालेर जाने सर्तमा निःशुल्क खन्न लगाएर वडा अध्यक्ष योन्जनले १६ लाख दुई सय २२ रुपैँया दुई पैसा झ्याम पारेका हुन।हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा रहेको ऐलानी प्रति १८ कठ्ठा जमिनमा अत्रौली खोलामा पुल निर्माण गरि रहेको ठेकेदार कम्पनीलाई ढुंगा निकालेर लैजान दिने सर्तमा ठेकेदार कम्पनी आफैँले खनेको र नगरपालिकाबाट आएको कुनै रकम खर्च नभएको भएपनि नगरपालिकाबाट वडा अध्यक्ष योन्जनले भुक्तानी लिएका थिए।पछि ती ठेकेदारले विभिन्न निकायमा उजुर बाजुर गरी रु तीन लाख रकम भुक्तानी लिएका समेत पाइएको छ ।
हरिवन नगरपालिका २ का वडा अध्यक्ष योन्जनले सो पोखरी खन्ने क्रममा निस्केको ढुंगा अन्यन्त्रै विक्रि वितरण गरी नगरपालिकाको राजश्वमा समेत हानी नोक्सानी पुर्याएका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी सो मुद्धा विचाराधिन अवस्थामा रहेको स्रोतको भनाई छ।स्रोतका अनुसार वडा अध्यक्ष योन्जनले पोखरी खनेर निस्केको ढुंगा प्रति टिप रु तीन हजारका दरले अन्यन्त्रै विक्रि गरेका भएपनि त्यसवापतको राजश्व समेत नगरपालिकामा जम्मा नगरेका पाइएको हो ।
त्यस्तै हरिवन नगरपालिका आर्थिक वर्ष २०७९/०८० को बजेटबाट हरिवन नगरपालिका २ मिलनचोक स्थित नयाँबस्तीमा १८ कठ्ठामा पोखरी निर्माणको लागि भन्दै दिएको रु १६ लाख रकम अनियमितता भएको भन्दै छलफल समेत गरेको र रकम खर्च विवरण सार्वजनिक गर्न वडा अध्यक्ष योन्जनलाई आग्रह गरिएको नगरपालिकाले जनाएको थियो।नगरपालिका स्रोतका अनुसार ठेकेदार कम्पनीले हरिवन नगरपालिका २ का वडा अध्यक्ष योन्जनका विरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत गरी रु तीन लाख रकम भुक्तानी लिएको छ ।
यता,सो विषयमा कमलामाई मिडिया प्रा.लि.ले वडा अध्यक्ष योन्जनलाई सोध्दा पोखरी खनिएको स्थानबाट केही ढुंगा चोरी भएको र केही ढुंगा नेपाली कांग्रेस निकटका युवाहरुले लगेका बताएका थिए।उनले कमलामाई मिडिया प्रा.लिलाई स्थलगत अवलोकन गरेर सत्यतामा आधारित समाचार प्रकाशन गर्न आग्रह समेत गरेका थिए।त्यसपछि कमलामाई मिडिया प्रा.लि.को टिमले स्थलगत अवलोकन गर्दा उक्त पोखरी मध्य वर्षामा पनि सुख्खा रहेको पाइएको हो ।