Close This

थप कडाई , एक हप्ताको लागि बैंक लगायत अन्य सबै सेवा ठप्प

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२६ गते   २७८ पटक हेरिएको

सर्लाहीमा आजबाट एक हप्ताको लागि पूर्ण रुपमा लक डाउन घोषणा भएको छ । आज(सोमबार)बाट अति आवश्यक सेवा बाहेक अन्य सबै प्रकारको सेवा तथा कार्यालयहरु बन्द भएका छन ।सर्लाहीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलि सकेकोले थप संक्रमणबाट जोगाउन  जिल्लालाई सोमबारबाट निषेधाज्ञा गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

लालबन्दी,मलंगवा,ईश्वरपुर, बरहथवा लगायतका ठाउँमा कोरोना भाईरस संक्रमण समुदाय स्तरमै फैलिरहेकोले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज दिउँसो बसेको बैठकले निषाधाज्ञा नै जारी गर्न निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

बैठकले संक्रमण समुदाय स्तरमा थप हुन नदिन स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३)तथा संक्रमण ऐन, २०२० बमोजिम श्रावन २६ गते देखि श्रावन ३२ गते राति १२ बजे सम्म अतिआवश्यक सेवा बाहेक सर्लाहीमा निषेधाज्ञा लागु गरिएको हो ।

यस अघि सर्लाहीलाई एक हप्ताको लागि लकडाउन गरिए पनि बैंक तथा बित्तिय सेवा तथा कार्यालयहरु सुचारु भएपनि सोमबारबाट बैंक वित्तिय संस्था तथा कार्यालयहरु बाट दिने सेवा पनि बन्द गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech