सर्लाहीको नवलपुर मलंगवा सडक खण्ड अन्तरगत कविलासी नगरपालिका ८ मा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्।नवलपुर मलंगवा सडक खण्ड अन्तरगत कविलासी नगरपालिका ८ मा मलंगवाबाट नवलपुर तर्फ आउदै गरेको बिआर ०६ सिके ५३७७ नम्बरको मोटरसाईकल र नवलपुरबाट मलंगवा तर्फ जाँदै गरेको ज ३ प ९३३५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटानमा ज ३ प ९३३५ नम्बरको मोटरसाईकलका चालक हरिपुर नगरपालिका ६ लक्ष्मीपुरका अन्दाजी वर्ष ५५ का मन्जुर मन्सुरको पहिचान भएपछि बिआर ०६ सिके ५३७७ नम्बरको मोटरसाईकलका चालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपल भन्ज्याङमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जना घाईते भएका छन् ।विपी राजमार्ग अन्र्तगत खुर्कोटबाट सिन्धुली तर्फ आउँदै गरेको बा.प्र.०२ ०६० प ६३०३ नम्बरको मोटरसाइकल र सिन्धुलीबाट खुर्कोट तर्फ जाँदै गरेको प्र.०३ ०२ ०१२ प ६३६० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा बा.प्र.०२ ०६० प ६३०३ नम्बरको मोटरसाइकल चालक सिन्धुलीको सुनकोसी गाउँपालिका ७ का अन्दाजी ४२ वर्षीय लोक बहादुर कार्की,सोही स्थानका अन्दाजी ३८ वर्षीय राम बहादुर कार्कीका साथै बा.प्र.०२(०६० प ६३०३ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको मलंगवा नगरपालिका ६ खुटैनाका अन्दाजी २२ को अर्मान अलाम मिकरानी र महोत्तरीको सोनमा गाउँपालिका २ का अन्दाजी २१ वर्षीय समिर राज यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।सिन्धुलीमा घाईते भएका दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाण्डौ तर्फ पठाईएको सिन्धुली प्रहरीले जनाएको छ ।यता,सर्लाहीमा घाईते भएका दुई जना को स्थानीय स्वास्थ्य संस्थाका उपचार भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।