Close This

प्रेस सेन्टर सर्लाहीमा थपिए पाठक,जनपत्रकार संगठन परित्याग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-७ गते   ४७८ पटक हेरिएको

 नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको सुभेच्छुक संस्था जनपत्रकार संगठनका सर्लाही जिल्ला संयोजक लाल बहादुर पाठक (राजेश)नेकपा (माओवादी केन्द्र)मा प्रबेश गरेका छन ।
माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितीमा सर्लाहीको बागमति नगरपालिका ८ साेल्टी बजारमा शनिवार भएको बृहत जनसभा एवम पार्टी प्रवेश कार्यक्रम मार्फत पाठक माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बरिष्ठ उपाध्यक्ष  नारायणकाजी श्रेष्ठ(प्रकाश)ले  टीका खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको हाे ।
माओवादी केन्द्रमा प्रवेश गर्दै जनपत्रकार संगठनका सर्लाही संयोजक पाठकले नेपाल कम्युनिष्ट पार्टी फुटिसकेकोले त्यस्को भविष्य नभएको र पार्टी कम्युनिष्ट बिचारधारा र सिद्धान्तमा अडिग हुन नसकेको बताएका छन । पाठकले अब आफ्नो नयाँ कम्युनिष्ट यात्रा माओवादी केन्द्रबाट हुने उद्घोष गरेका छन । विगत लामाे समयदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सर्लाहीको टिमसंग पाठककाे आन्तरिक छलफल जारी रहेकाे थियाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech