नगरभित्रका व्यापार व्यावसाय सञ्चालनको समय तालीका,पहिलो दिनमै अस्वभाविक भिडभाड

2.3k Shares

सर्लाहीको लालबन्दीका हाटबजार भौतिक दूरी कायम गरी खुला गर्ने निर्णय भएको छ । लालबन्दी नगरपालिका,उद्योग बाणिज्य संघ र स्थानिय प्रशासनको बैठकले भिडभाड नगरी विभिन्न सरसामानहरू तोकिएको दिनमा मात्रै बिक्री गर्न पाउने गरी हाटबजार खोल्ने निर्णय गरेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दी बजारमा खाद्यान्न सामग्री बिक्री गर्ने पसलहरू आइतबार, सोमबार र मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न अनुमति दिइएको छ ।


यस्तै अन्य पसल व्यवसाय बुधबार, बिहीबार र शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोल्न दिने निर्णय भएको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो ।होटलहरू र मदिराजन्य पदार्थ बिक्री गर्ने पसलहरू भने कतै पनि खोल्न पाइने छैन । बैठकले लालबन्दी नगरपालिकाको २ स्थानमा लाग्दै आएको हाटबजार अर्काे सुचना जारी नभए सम्म बन्द नै रहने निर्णया गरेको नगरपालिकाले जनाएको छ । 
नगरपालिकाका विभिन्न  स्थानमा रहेका तरकारी बजारहरु प्रत्येक दिन बिहान  ८ बजेदेखि १० बजे सम्म र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्ने निर्णय भएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिनु भयो ।
औषधि, पेट्रोलियम पदार्थ, दूधजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरू र बैङ्क तथा वित्तीय संस्थाहरू भने प्रत्येक दिन खुला रहने नगर प्रमुख खड्काले बताउनु भयो ।
केही दिन पहिला जिल्ला सदरमुकाम मलङ्गवामा जिल्ला विपत व्यावस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार आ–आफ्नो स्थानिय निकायको अवस्थालाई ध्यानमा राखेर सो निर्णय गरिएको नगर प्रमुख खड्काले बताउनु भयो । उहाँले हाटबजार खोलेर पहिले झैँ भिडभाड भने गर्न नपाइने प्रष्ट पार्नु भएको छ । तर आज बिहान कृर्षि उपज बजार केन्द्र लालबन्दीमा मानिसहरु ठुलो भिड रहेको र त्यसलाई व्यावस्थापन गर्न समस्या भएको उपज केन्द्रले गुनासो गरेको छ ।
 तरकारी व्यापारीहरु र किसानहरु सिधैँ बजार सम्म आएपछि तरकारी किनमेलले बजारमा मानिसको अस्वाभाविक भिड भएको  देखिएको छ । लालबन्दी बजारमा भौतिक दूरी कायम नभएको र मानिसहरूले सामान्य सतर्कता समेत नपनाई बजारमा भिडभाड गर्ने गरेको पाइएको हो । 

सम्बन्धित समाचार