सर्लाही सहित मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्व आज(आईतबार) धुमधामका साथ मनाइदै छ । मिथिला क्षेत्रमा आज (आईतबार) राखी(रक्षाबन्धन) पर्व मनाउन भन्दै प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्ने गर्दछ । फुटपाथे पसल देखि पान पसल, ठूलठूला व्यापारिक प्रष्ठिानमा समेत दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन साउन शुक्लपक्ष प्रारम्भ भएसँगै बज्न थाल्ने गर्दछन् ।
चारैतिर राखी(रक्षाबन्धन) पर्वको रमझमले मिथिला क्षेत्र अहिले राखीमय देखिएको छ । मिथिलामा अहिले जताततै दाजुभाइको बखान गरिएका माङ्गलिक धुन गुञ्जिरहेका छन् । प्रत्येक जसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन (राखी) दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने प्रचलन रहेको छ । कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) हातमा दिदीबहिनीले दाजुभाईलाई बाँधी दिने र दाजुभाई तथा दिदीबहिनीहरुको विचमा भातृत्व जगाउने साथै दाजुभाईले दिदीबहिनीलाई केही दक्षिणा दिने प्रचलन रहेको छ । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट भएर राखी बाध्ने र सुख दुखका कुरा गर्न शुरु गरेका छन् ।
बिबाह गरि आफ्नो कर्मघर गाउका दिदीबहिनीहरु जन्मघर आउने र बाहिर रहेका दाजुभाई तथा दिदीबहिनीहरु पनि गाउँ फर्किएका छन् । विवाह भएर गएका चेली (दिदीबहिनी)हरु मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइलाई राखी बाँध्न आउन निम्ता दिनुका साथै फोनबाटै भएपनि शुभकामना आदान प्रदान गरि रहेका छन् ।
प्रदेश २ का विभिन्न मन्दीरहरुमा रक्षाबन्धन पर्वको अवसरमा पुजा लगाउनेहरुका साथै मन्दीर जानेहरुको भिडभाड देखिएको छ । भने कोरोना माहामारी(कोभिड–१९) ले विगतको वर्ष र यो वर्ष बाहिर रहेका आफन्तजन गाउँ फर्किन नपाए पनि फोनको माध्यामबाटै भएपनि शुभकामना आदान प्रदान गरि रहेका छन् ।
मिथिलाञ्चलमा राखी(रक्षाबन्धन( पर्वको १५ दिन पहिलाबाटै तयारी शुरु भएको थियो । मिथिलाञ्चल सहित सर्लाहीको लालबन्दी,हरिवन,बरथहवा,बयलवास र मलंगवा सहित छिमेकी देश भारतको सोनवर्षा,सितामाडी लगायतका स्थानमा रहेका हिन्दु मन्दीरहरुमा बिहानै देखि पुजा लगाउनेहरु,दर्शन गर्नेहरुको चहलपहल बढेको छ ।
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्व यो क्षेत्रको सांस्कृतिक पर्व रहेको मिथिला लोक संस्कृतिका ज्ञाताहरुले बताउने गरेका छन् । साउन शुक्लपक्ष सुरु भएयता हाट,बजारहरुमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलाका नारी,चेलीहरुको चहलपहल ह्वात्तै बढ्ने गरेको र यो १५ दिनको अन्तरालमा अरिद गरिएको राखी(रक्षबन्धन) आज दिदी बहिनीले दाजुभाईलाई हातमा बाँधिदिने उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्यण कुमार जोशीले बताउनु भयो । सडकका चोकचोक र हाटबजारमा साउन शुक्लपक्ष सुरु भएयता मिथिला क्षेत्रका कम्प्युटर पसलहरुमा (राखी)रक्षाबन्धन पर्वको विशेष चहलपहल हुनुको साथै दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत बज्न शुरु गर्ने गरेको लालबन्दीका महेन्द्र महतोले बताउनु भयो ।
उहाँका अनुसार चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे समेत लिएर राखी बाँधन बिहानैदेखि हिडि सकेका छन् । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु पनि आजपनि केही व्यस्त देखिएका छन् ।
सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज बलिलाई उनकी बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएको कथन छ । सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी(रक्षाबन्धन)बाँधी दिने परम्परा बसेको पण्डीत सन्तोष चालिसेले बताउनु भयो । उहाँका अनुसार पर्व विशेषमा यसअघि केही मान्यता रहे÷भए पनि दिदी बहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको छ ।
पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिला नारीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने,मन्दीरहरुमा गएर पुरोहितहरुको हातबाट रक्षाबन्धन गर्ने परम्पराले यो सांस्कृतिक पर्वको निकै महत्व छ ।
पर्वमा व्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा जजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यस पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी सबै समुदाय(पर्वते)मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधीदिन व्यास्त रहेका छन् ।
यो पर्व हिन्दू धर्मावलम्बीले मान्दै आए पनि समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले पछिल्लो समयमा जिल्लाका इस्लाम धर्मावलम्बी युवाहरुले समेत हिन्दू दिदीबहिनी बनाएर राखी बाँध्ने प्रचलन बढ्न थालेको देखिन्छ । यस पर्व अब मिथिला क्षेत्रको साझा पर्व बनेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।