हरिवन ९ मा अर्गानिक सखर उद्योग सञ्चालन,आन्तरिक आय स्रोत र स्वरोजगारको राम्रो सम्भावना

425 Shares

सर्लाहीको हरिवन नगरपालिका ९ सुकेखोपरीका अन्दाजी ७१ वर्षिय राम शरण उप्रेती अहिले अर्गानिक  सखर उद्योग सञ्चालनमा व्यस्त छन्।स्ववालम्वन बजार व्यवस्थापन तथा रोजगार केन्द्र हरिवनको आर्थिक सहयोगपछि हौसिएका उनले अहिले करिब १५ लाखको लागतमा अर्गानिक सखर उद्योग सञ्चालन गरेका छन्।पाँच जना स्थानीयलाई रोजगारी दिएका उनले आफ्नो करिब डेढ बिघामा लगाएको उखु सहित अन्य उखु उत्पादक किसानहरुले उत्पादन गरेको उखु खरिद गरेर आफ्नो सखर उद्योग सञ्चालन गरि रहेका छन् ।

WhatsApp Image 2025-02-21 at 2.47.32 PM (1).jpeg
माघ २८ गतेबाट सुरु भएको उद्योगमा दैनिक करिब तीन क्विन्टल सखर उत्पादन गरिरहेको उप्रेतीले बताए।उनले स्थानीयस्तरमा परम्परागत रूपमा सखर उत्पादन हुँदै आएको भए पनि कुनै पनि केमिकल प्रयोग नगरी आधुनिक तरिकाबाट गुणस्तरीय र अर्गानिक सखर उत्पादन गरिरहेको बताए। स्वस्थकर र  अर्गानिक सखरको माग बढ्दै गएको अवस्थामा,उद्योगले स्थानीय तथा बाह्य बजारमा राम्रो स्थान बनाइरहेको उनले दाबी गरे ।

m.jpg
देशका मुख्य शहरहरु काठमाडौं,पोखरा,विराटनगर,चितवन,मकवानपुर लगायतका बजारहरुमा आफ्नो उद्योगमा उत्पादन भएको सखर पुगि सकेको र उपभोक्ताहरु आफैँ उद्योगमा आएर सखर किनेर लैजाने गरेका उप्रेतीले बताए।चालू सिजनको अहिले सम्म करिब १५ क्विन्टल सखर उत्पादन गरि सकेको र  आफ्नो उद्योगले एक,डेढ,दुई र तीन किलोका दरका साथै धुलो सखर समेत उत्पादन गरि रहेकोे उप्रेतीले बताए।अहिले सम्म करिब तीन सय क्विन्टल उखु अन्यन्त्रबाट खरिद गरेर सखर तयार पारिएको समेत उनले बताए ।

WhatsApp Image 2025-02-21 at 2.47.32 PM.jpeg
हरिवन नगरपालिका ९ सुकेपोखरीमा शिद्धि गणेश सखर उद्योग प्रा.लि.स्थापना गरेर उप्रेतीले गाउँमा रोजगारीको अवसर पनि सिर्जना गरेका छन्।वैदेशिक रोजगारीका लागि गाउँका युवाहरु विदेशिने लहर बढेपछि उनिहरुलाई गाउँमै रोक्ने प्रयास स्वरुप आफुले उद्योग सञ्चालन गर्न थालेको उप्रेतीले बताए।स्ववालम्वन बजार व्यवस्थापन तथा रोजगार केन्द्र हरिवनको सहयोगले उद्योगलाई अगाडि बढ्न सहयोग पुगे पनि दीर्घकालीन रूपमा यो व्यवसायलाई अझै सशक्त बनाउन सरकारी सहयोग र नीति,बजारीकरणमा सहयोग तथा प्राविधिक समर्थन आवश्यक रहेको उप्रेतीले बताए ।

WhatsApp Image 2025-02-21 at 2.47.31 PM (1).jpeg
यदि स्थानीय सरकार र अन्य सम्बन्धित निकायले साना उद्योगलाई प्रोत्साहन गरे,हरिवन जस्ता ठाउँमा सखर उद्योग अझ व्यापक रूपमा फैलिन सक्ने सम्भावना रहेको स्थानीय ईन्द्र पाठकले बताए।उनका अनुसार यस प्रकारका उद्योगहरुको स्थापनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै स्थानीयस्तर मै रोजागरी सृजनामा मद्दत पु¥याउने छ।

WhatsApp Image 2025-02-21 at 2.47.29 PM.jpeg
यता,स्थानीयस्तरका स्रोत साधनहरुको प्रयोग गर्दै स्वरोजगार मुलक क्षेत्रमा स्ववालम्वन बजार व्यवस्थापन तथा रोजगार केन्द्र हरिवनले आर्थिक लगानी गर्ने गरेको स्ववालम्वन बजार व्यवस्थापन तथा रोजगार केन्द्र हरिवनकी कार्यकारी निर्देशक सोनी कुमारी बम्जनले बताईन्।आफ्नो संस्थाले स्वरोजगारमूलक क्षेत्रमा लगानी गरि रहेको र व्यवसयीक स्वरोजगार वन्न चाहने विपन्न तथा इच्छुक मानिसहरुले स्ववालम्वन बजार व्यवस्थापन तथा रोजगार केन्द्र हरिवनमा सम्पर्क गर्न समेत उनले आग्रह गरिन् ।
आत्मनिर्भरता र रोजगारीको नयाँ सम्भावना
 पछिल्लो समय घरायसी सखर उद्योगले नेपालमा लोकप्रियता पाइरहेको छ।परम्परागत रुपमा स्थानीय स्तरमै उत्पादन हुँदै आएको सखर अब व्यवस्थित,व्यावसायिक र आधुनिक तरिकाबाट तयार हुने क्रम बढेको छ ।
कृषि प्रधान देश नेपालमा उखुको उत्पादन राम्रो भए पनि किसानहरूले उचित मूल्य नपाएको गुनासो गरिरहेका छन्।यस्तो अवस्थामा घरायसी सखर उद्योगले उखु किसानलाई प्रत्यक्ष फाइदा पु¥याउने जानकारहरु बताउँछन् ।
घरमै उत्पादन,राम्रो आम्दानी
धेरै किसान तथा साना उद्यमीहरूले घरमै सखर उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन्। आधुनिक प्रविधिको प्रयोग गर्दै सानो लगानीमा नै व्यवसाय सुरु गर्न सकिने भएकाले यो उद्योग आकर्षक बन्दै गएको हो।धेरैले सखर उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाइरहेका छन्। सर्लाही,सप्तरी,बारा,पर्सा,रौतहट,चितवन,बाँके र बर्दिया लगायतका स्थानमा साना सखर उद्योगहरू स्थापना हुने क्रम बढेको छ ।
स्वास्थ्यका लागि फाइदाजनक
कुनैपनि केमिकल(रसायनिक तत्व)को प्रयोग नगरी सखर प्राकृतिक रूपमा तयार गरिने भएकाले यो स्वास्थ्यका लागि पनि लाभदायक हुने चिकित्सकहरुले बताएका छन्।उनीहरुका अनुसार चिनीको अत्यधिक प्रयोगका कारण हुने स्वास्थ्य समस्याबाट बच्न धेरैले सखरलाई रोज्न थालेका छन्।
सरकारको सहयोग आवश्यक
यद्यपि,यस उद्योगलाई अझ प्रवद्र्धन गर्न सरकारको सहयोग आवश्यक छ।कृषकलाई उखु उत्पादनमा अनुदान,साना उद्यमीलाई सहुलियतपूर्ण ऋण र बजार व्यवस्थापनमा सहयोग गरेमा घरायसी सखर उद्योगले ठूलो फड्को मार्न सक्ने जानकारहरु बताउँछन्।उनीहरुका अनुसार सरकारले उचित नीति ल्याएर साना उद्योगीहरु तथा साना उद्योगहरुलाई प्रोत्साहन गर्ने हो भने यस प्रकारका उद्योगहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याउन सक्ने छन्।

सम्बन्धित समाचार