सबै सार्वजनिक सेवा प्रवाह गर्न जि.प्र.का सर्लाहीको निर्देशन

263 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आईतबारबाट सबै सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिएको छ।देशभर भएको पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिका कारण अवरुद्ध भएकोमा सबै प्रकारको सेवा आईतबारबाट सूचारु गर्न जिल्लाका सबै सरकारी तथा सार्वजनिक निकायहरुलाई निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी शिव हरि पोखरेलले जानकारी दिए ।उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट प्रदान गरीने नयाँ र प्रतिलिपि नागरिकता वितरण तथा राष्टिूय परिचय पत्र सम्बन्धी कार्यहरु बाहेक सबै सेवा सूचारु हुने छ । 
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जारी गरेको सूचनामा पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट सृजना भएको असहज परिस्थितिको क्रममा जिल्ला भरी सार्वजनिक सेवाहरु अवरुद्ध भएकोमा आईतबारबाट सबै कर्मचारीहरु आ(आफ्नो कार्यालयमा उपस्थित भई सरकारी कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु सुचारु गर्नु भनिएको छ ।
तर,जिल्लाका इश्वरपुर, लालबन्दी, हरिवन,बागमती,बरहथवा र हरिपुर नगरपालिका सहित चन्द्रनगर गाउँपालिकामा तोडफोड तथा आगजनीका कारण ठूलो क्षेती भएकाले तत्काल कुनै पनि सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।
यी पालिकाहरुका भवनहरुका साथै भवन भित्र रहेका सबै कागजात र फर्निचरहरु साथै सवारी साधनहरु जलेर नष्ट भएका कारण अर्काे सूचना जारी नहुँदा सम्म सेवा प्रवाह वन्द रहेको यी पालिकाहरुले सूचना नै जारी गरि सकेका छन् ।यता,सर्लाहीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन थालेका छन्।शनिबारदेखि जिल्लामा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा आएका हुन भने हाट बजारहरु पनि खुल्न थालेपनि जनजीवन सामान्य बन्न थालेको छ ।
सर्लाही सदरमुकाम बाहेक अन्यन्त्र कफ्र्यु आदेश हटेपछि संघीय राजधानी काठमाण्डौँ चल्ने यात्रु बाहक सवारी साधनहरु सञ्चालन हुन थालेका सर्लाहीका यातायात व्यावसायीहरुले बताएका छन्।जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरु आईतबारबाट पुर्ण रुपमा सञ्चालनमा आउने भएका छन् भने सबै कार्यालयहरु नियमित सञ्चालनमा आउने भएका छन् ।

 

सम्बन्धित समाचार