ईश्वरपुरमा सांसद साहको ‘दादागिरी’,विकास निर्माणको काममा अवरोध

2.2k Shares

सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा बाटोको ढल निर्माण गर्ने विषयमा विवाद भएको छ । सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साहको दादागिरीका कारण बाटोको ढल निर्माण गर्ने विषयमा विवदा भएको हो ।
उत्पन्न विवादका कारण विवाद उत्पन्न हुँदा  नगर प्रमुख मनोज कुमार देवकोटाले प्रयोग गर्ने सरकारी सवारी साधन ना १ झ १५७०,ठेकेदारको बा १७ च १२१४ नम्बरको स्कारपियो र नम्बर नखुलेको एउटा भारतिय नम्बरको स्कारपियो,दुई दर्जन भन्दा बढी मोटरसाईकल र ढल निर्माणका लागि ल्याइएको नम्बर नखुलेको जेसिवीमा तोडफोड भएको छ ।
सर्वदलीय सर्वपक्षीय निर्णय अनुसार  सडकको ढल निर्माण गर्न भनि ठेकेदारले प्रयोग गरेको जेसिवी लिएर ढल निर्माणका लागि पुगेका नगरप्रमुख देवकोटाको सरकारी सवारी साधनलाई वडा नम्बर ६ को वडा कार्यालय कक्षमै पसेर माननिय साहले तोडफोड गरेका इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष रहमत अन्सारीले बताउनु भयो ।
सर्वदलीय सर्वपक्षिय निर्णय अनुसार सडकलाई १०५ फिट बनाउनु पर्नेर दुवै तर्फ ढल निर्माण गर्नु पर्ने सहमती भएको भएपनि केही स्थानियले विवाद गरेका हुन । 
इश्वरपुर नगरपालिका ६ स्थित बयलबास बजारमा हुलाकी सडकको ढल निर्माण गर्ने क्रममा विवाद उत्पन्न भई झडप भएको छ । स्थानिय राजिव महतोको घर नजिक हुलाकी सडकको ढल निर्माण गर्ने क्रममा स्थानिय स्थानिय विच विवाद उत्पन्न हुँदा भएको झडपमा दुर्व तर्फका गरी करिब आधा दर्जन घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो । 
उहाँका अनुसार ढल निर्माण सुरु गर्नासाथ सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य साहले केही युवाहरुलाई लिएर लाडि,भाटा सहित  आएर इश्वरपुर नगरपालिकाका नगर प्रमुख देवकोटाले चढ्ने सरकारी सवारी साधन, ठेकेदारको स्कारपियो र नम्बर नखुलेको एउटा भारतिय नम्बरको स्कारपियो,दुई दर्जन भन्दा बढी मोटरसाईकल र ढल निर्माणका लागि ल्याइएको नम्बर नखुलेको जेसिवीमा तोडफोड गरेपछि झडप भएको हो ।
२०७६ चैत ५ को सर्वदलीय सर्वपक्षीय निर्णय अनुसार सडकको दुबै तर्फ ढल निर्माण गर्न भनी निर्यण भएको सोविषयको मुद्धा अदालतमा विचाराधिन रहेको र जिल्ला प्रशासन कार्यलय सर्लाहीले सर्वदलिय सर्वपक्षिय निर्णय अनुसार काम गर्न गराउन नगरपालिकालाई परिपत्र गरेको साथै सोही अनुसार आफुहरुले ठेकेदारलाई काम गर्न आग्रह गरेको नगर प्रमुख देवकोटाले बताउनु भयो । उहाँका अनुसार काम सुरु गर्नासाथ प्रतिनिधि सभा सदस्य साहको नेतृत्वमा आएका ५०÷६० युवाहरुले नगरपालिकाको सरकारी सवारी साधन,ठेकेदारको निजी सरवारी साधन र ढल निर्माणको काम गरि रहेको जेसिवी माथी ढुंगामुढा प्रहार गरेका हुन । 
सुदि आसी सन्तोषी (जेभि) निर्माण सेवा काठमाडौंले रु ८५ करोडको लागतमा जिल्लाको फुलजोर देखि त्रिभुवननगर सम्मको करिब २७ किलो मिटर हुलाकी लोकमार्गको निर्माणको ठेक्का पाएर काम गरि रहेको  सुदि आसी सन्तोषी (जेभि) निर्माण सेवा काठमाडौंका प्रतिनिधि जिवन कँडेलले बताउनु भयो । उहाँका अनुसार सो क्षेत्रमा विवाद भएपछि ठेकेदार कम्पनीले विवाद नभएको स्थानमा सडक तथा ढल निर्माणको काम गरि रहेको छ । यता नगर प्रमुख देवकोटाले बयलबास बजार क्षेत्रमा पनि विवाद नरहेको भन्दे काम गर्न आग्रह गरेपछि ठकेदार कम्पनीले निर्माणको काम सुरु गरेको थियो ।
इश्वरपुर नगरपालिका ६ स्थित बयलबास बजार क्षेत्रमा रहेका घरटहरा हटाई बाटो तथा ढल निर्माणको काम जारी रहेको समयमा फेरी केही स्थानियले आफ्नो स्वार्थपुर्तिका लागि विवाद सृजना गर्दा प्रतिनिधि सभा सदस्य साहको नेतृत्वमा आएका ५०÷६० युवाहरुको समुहलाई सो क्षेत्रमा भएको काममा अवरोध नगर्न आग्रह गर्दा आफु माथी आक्रमणको प्रयास गरेपछि प्रतिकार गर्दा प्रतिनिधि सभा सदस्य साह सहित ५÷६ जना सो पक्षका अरु केही स्थानियबासी घाईते भएका स्थानिय युवा आदी मैनालीले बताउनु भयो । उहाँका अनुसार ईश्वरपुर नगरपालिका ६ स्थित बजार क्षेत्रको सडक कालोपत्रे नभएको भन्दै केही समय पहिला स्थानीयले प्रदर्शन गरेका र अहिले फुलजोर युवा क्लबको जग्गा नजिकैबाट ढल निर्माण गर्ने क्रममा स्थानिय राजिव महतोले विरोध गरेका र समाधन गर्न शनिबार बिहान ९ बजे सर्वदलिय बैठक बोलाइएको भएपनि ९ बज्नु पहिलै प्रतिनिधि सभा सदस्य साहको नेतृत्वको टोलीले काममा अवरोध गरेपछि झडप भएको हो ।
“सडक फराकिलो बनाउन भन्दै सडक छेउका संरचना भत्काइयो,ढल निर्माणको काम सुरु भयो । तर स्थानियले फेरी विवाद गरि काम गर्न बाधा पुर्याए अब काम गर्न सक्नेस्थिती छैन ।” सुदि आसी सन्तोषी (जेभि) निर्माण सेवा काठमाडौंलेका प्रतिनिधि जिवन कँडेलले बताउनु भयो । राष्ट्रिय गौरवको आयोजना भएका कारण नगरपालिकाको दायित्व साईट क्लियर गर्ने काम मात्र काम भएकोे र त्यो साईट क्लियर गर्ने क्रममा राजनैतिक आग्रह पुर्वाग्रहका कारण समस्या सृजना गर्दा झडपको स्थिती सृजना भएको साथै झडपमा प्रतिनिधि सभा सदस्य साह समेत घाइते हुनु भएको नगर प्रमुख मनोज कुमार देवकोटाले बताउनु भयो । उहाँका अनुसार नगरपालिकाकाले सडक फराकिलो पार्न भनी सडक आसपासका घर टहरा हटाएर ठेकेदार कम्पनीलाई काम गर्न आग्रह गर्दा स्थानियबाट नै अवरोध भएपछि ठेकेदार कम्पनीको मनोबल घटेको छ ।
२०७६ चैत ५ को सर्वदलीय सर्वपक्षीय निर्णय अनुसार सडकको दुबै तर्फ ढल निर्माण गर्न भनी निर्यण अनुसार काम नगर्दा आफुहरुलेविरोध गरेको स्थानिय आन्दोलनकारी  राजिव महतोले बताउनु भयो । उहाँका अनुसार सडकलाई १०५ फिटको बनाउने सहमती भएको र सबैतिर सो नियम लागु हुनु पर्ने हो तर नगरपालिका र ठेकेदार कम्पनीले सो नगरी सडक साँघुरो बनाउने तर्फ लागेका कारण आफुहरुले विरोध गर्दा झडप भएको हो । बाटोको सीमांकन भइ सकेपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरुको माग रहेको छ । तर प्रतिनिधि सभा सदस्य साहले भत्केको क्लबको भवनलाई त्यस ठाउँमा नबनाई अर्को ठाउँमा बनाउनुपर्ने भनेपछि स्थानिय युवाहरु आक्रोशित बनेका हुन्। 
विवाद उत्पन्न भए पछि प्रतिनिधि सभा सदस्य साहको सुरक्षागार्ड असइ विनोदप्रसाद यादवले बोकेको पेस्तोल लिएर प्रतिनिधि सभा सदस्य साहले गोलि हान्छु भनेपछि सो पेस्तोल र ७ राउन्ड गोलीसमेत स्थानिय युवाहरुले खोसेर ईलाका प्रहरी कार्यालय बयलवासलाई बुझाएका प्रहरीले जनाएको छ । अहिले सोक्षेत्रमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकी र शसस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प हरिवनका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक विकास भुजेलको नेतृत्वमा ठूलोसंख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । भने झडपमा घाईते भएका प्रतिनिधि सभा सदस्य साहलाई काठमाण्डौँ लगिएको तथा केही घाइतेहरुलाई स्थानिय स्वास्थ्य संस्थामा उपचार गराई रहेको साथै केही घाइतेहरु उपचार पश्चात घर फर्किएका छन् ।
मधेशी एकता जिन्दाबाद,साम्प्रदायिक मनोज मेयर मुर्दावाद,रोडमा घर बनाउन पाइदैन,२०७६ चैत ५ को सर्वदलिय सर्वपक्षिय निर्णय कार्यन्वयन गर लगायतका नारा लेखिएको व्यानर सहित पुगेको प्रतिनिधि सभा सदस्य साहको टोलीले सरकारी सवारी साधन,जेसिवी तथा ठेकेदारको स्कापियो,दुई दर्जन भन्दा धेरै मोटरसाईकल र भातिय नम्बरको स्कारपियोमाथी ढुंगामुढा हान्दा पनि प्रहरी मौन देखिएको भन्दै स्थानिय युवाहरु थप आक्रोसित भएका इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष अन्सारीले बताउनु भयो ।
झडप हुँदा जसपाका सांसद तथा पार्टीका मुख्य सचेतक साहको टाउकोमा चोट लागेकोे छ । ईश्वरपुर नगरपालिकामा सडक छुट्टाएर बाँकी जग्गामा फुलोजर युवा क्लबको भवन बनाउने कि बाटो विस्तार गर्ने विषयमा झडप भएको हो ।
सांसद साहले दर्जनौं भारतीय गाडी तथा मोटरसाइकमा २ सय भन्दा बढी कार्यकर्तालाई बयलबास बजारमा उतारेका र झडपको स्थिति सिर्जना भएको स्थानीयबासीले बताएका छन्। यस विषयमा सर्लाहीका प्रहरी प्रमुखलाई पहिलै जानकारी भएपनि सोही दिन जिल्लाका सबै प्रहरी युनिटका प्रमुखहरुलाई बैठकमा बोलाउनुले प्रहरीको समेत सांसद साहसंग साँठगाँठ रहेको आशंका स्थानियले गरेका छन् । नगर प्रमुख  देवकोटाका अनुसार सांसद साहले बाटो विस्तारका क्रममा आफ्ना पार्टीका मान्छेको घर भत्किने भएकाले हिंसा भड्काउन खोजेका हुन । 

सम्बन्धित समाचार