फूलजोर ट्राफिक अब आफ्नै भवनबाट

335 Shares

पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको इश्वरपुर नगरपालिका ५ स्थित रहेको प्रहरी चौकी फुलजोरको स्थलगत अवलोकन गरेका छन्।अस्थाई ट्राफिक प्रहरी पोष्ट फूलजोरको नव निर्मित भवन उद्घघाटन गर्न इश्वरपुर नगरपालिका ५ फूलजोर आएका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले प्रहरी चौकी फूलजोरको पनि स्थलगत  अवलोकन गरेका हुन ।इश्वरपूर नगरपालीकाका ५ फूलजोरमा भाडामा सञ्चालन हुँदै आएको अस्थाई ट्राफिक प्रहरी पोष्ट फूलजोरको कार्यालय अब आफ्नै भवनबाट सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले बताए ।
उनका अनुसार इश्वरपुर नगरपालिकाका नगर प्रमुख  मनोज कुमार आचार्य,प्रमुख जिल्ला अधिकारी श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्द लगायतको उपस्थितिमा अस्थाई ट्राफिक प्रहरी पोष्ट फूलजोरको नव निर्मित भवन उद्घघाटन गरिएको हो ।
नागरिकले सहयोग नगरेसम्म ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रण र रोकथाम गर्न नसक्ने अस्थाई ट्राफिक प्रहरी पोष्ट फूलजोरको नव निर्मित भवन उद्घघाटन कार्यक्रममा नगर प्रमुख आचार्यले बताए।दुर्घटना नियन्त्रण र रोकथाम गर्न ट्राफिक प्रहरी एक्लैले मात्रै सम्भव नभएको र नागरिकले ट्राफिक प्रहरीलाई साथ दिँदा समाज सुरक्षित हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक खड्काले बताए ।
न्यून स्रोत र साधनका साथै आवश्यकता अनुसार जनशक्ति नहुँदा ट्राफिक प्रहरीलाई सेवा प्रवाह गर्न समस्या भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले बताए।देशभर कै सबै भन्दा धेरै स्थानीय तह रहेको सर्लाहीको जनसंख्या अनुसार ट्राफिक प्रहरी कर्मचारी नरहेका साथै आवश्यक उपकरण समेत अभावले ट्राफिक प्रहरीले चाहेजति काम गर्न नसकेको समेत बताए।११ वटा ट्राफिक प्रहरी युनिट रहेको सर्लाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही सहित अस्थाई ट्राफिक प्रहरी पोष्ट फूलजोर गरी दुई वटा युनिट मात्रै आफ्नै भवनबाट सञ्चालनमा रहेका छन्।भने बाँकी रहेका नौ वटा ट्राफिक युनिटहरु अहिले पनि भाडा कै घरबाट सेवा प्रवाह गर्न बाध्य भएका छन् । सहयोगी दाताहरुका साथै ट्राफिक प्रहरी कर्मचारीहरुको नि स्वार्थ सहयोगमा भवन निर्माण भएको हो ।

सम्बन्धित समाचार