बलरामा भएको सवारी दुर्घटनामा एकको मृत्यु

296 Shares

सर्लाहीको बलरा नगरपालिका १ हथियौल स्थित भित्रि सडक खण्डमा भएको  सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । बलरा नगरपालिका १ हथियौल स्थित स्थित भित्री सडक खण्डमा बलराबाट हथिऔल तर्फ जाँदै गरेको विआर ३० एस ९३०७ नम्बरको भारतिय आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलका चालक बलरा नगरपालिका ९ का अन्दाजी वर्ष २० का राजीव सहनी र सोही मोटरसाईकलमा पछाडि सवार अन्दाजी वर्ष १९ को बिटु दास घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटना पछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको भएपनि त्यहाँ उपचारको क्रममा मोटरसाईकल चालक बलरा नगरपालिका ९ का अन्दाजी वर्ष २० का राजीवको मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन ।सोही मोटरसाईकलमा पछाडि सवार दासको अवस्था समान्य रहेको साथै दुर्घटनामा संग्लग्न रहेको मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार