Close This

मलंगवा नगर कमिटिद्धारा नगरलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२२ गते   ३९० पटक हेरिएको

नेकपा मलंगवा नगर कमिटिले मलंगवा नगरपालिकालाई खाद्यान्न सहयोग गर्दाको फोटो सहकर्मी राकेश गुप्ता

नेपाल कमन्युष्ट पाटी (नेकपा)ले मलंगवा नगरपालिकालाई साढे १८ कुविन्टल चामल सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी नेपाल कमन्युष्ट पाटी (नेकपा) मलंगवा नगर कमिटिले मलंगवा नगरपालिकालाई १८ क्न्विटल ५० किलो सोना मनसुली चामल हस्तान्तरण गरेको छ । 
विश्वव्यापी कोरोना भाईरसबाट बच्न नेपाललाई लकडाउन गरिए पछि सर्लाहीमा पनि लकडाउनबाट प्रभावित अति विपन्न परिवारको चुलो ननिभोस भन्ने उदेश्यले नेकपा सर्लाहीले विभिन्न स्थानिय तहहरुलाई खधान्न सहयोग गर्दै आएको छ । सोही क्रममा पनि मलंगवा नगरपालिकालाई चामल हस्तान्तरण गरिएको नेकपा सर्लाहीका जिल्ला सचिव कमल बुधाथोकीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति सभापति मेथुर चौधरी, जिल्ला विपद व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी र मलंगवा नगरपालिकाका नगर प्रमुख निरशल साहलाई संयुक्त रुपमा नेपाल कमन्युष्ट पाटी (नेकपा) मलंगवा नगर कमिटीले चामल हस्तान्तरण गरेको सचिव बुढाथोकीले बताउनु भयो ।  चामल हस्तान्तरण कार्यक्रममा राष्टिय सभा सदस्य राधेश्याम पासवान,प्रदेश नं. २ का प्रदेश सभा सदस्य दिल्ली उप्रेती, नेकपा सर्लाहीका जिल्ला ईनचार्ज डाचाराज वाग्ले, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, सचिव कमल बुधाथोकी लगायत नेकपा नेता कार्यकर्ताहरुको विशेष सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech