१३ जना लाई इट्टा भट्टामा पोली मार्ने कांग्रेस नेता आलमलाई सफाई

362 Shares

नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताब आलमले सफाइ पाएका छन्। सामूहिक हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको हो।२०६४ चैत्र २७ गते रौटहटमा बम निर्माण गर्ने क्रममा दुईजनाको मृत्यु भएको थियो भने त्यस घटनाका १३ जना प्रत्यक्षदर्शीलाई जिउँदै इँटा भट्टाभित्र हालेर क्रूर ढंगले हत्या गरिएको आरोपमा पूर्वमन्त्री आलममाथि गम्भीर आपराधिक मुद्दा दर्ता भएको थियो। लामो समयदेखि राजनीतिक दबाब र प्रभावका कारण यो मुद्दा अलपत्र पर्दै आएको भएपनि पुनःचासो र दबाबका बीच अदालतले अन्ततःफैसलामा उनलाई सफाइ दिएको हो ।

जनकपुरस्थित विशेष अदालतको यो निर्णयले न्यायपालिकामाथि जनविश्वास कसरी गर्ने ? भन्ने चौतर्फी चर्चा हुन थालेको छ।गम्भीर प्रकृतिका घटनामा समेत दोषीमाथि कारबाहीको साटो राजनैतिक पहुँच र प्रभावका आधारमा सफाइ दिने प्रवृत्तिले नेपालको न्याय प्रणाली राजनीतिक कोपभाजनको चपेटामा परेको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार यो फैसलाले पीडित परिवार,मानव अधिकारकर्मी तथा न्याय खोज्ने आम नागरिकहरूमा गहिरो निराशा र आक्रोश पैदा भएको छ ।कानूनको शासनको सन्देश दिनुपर्ने ठाउँमा यस्ता फैसलाले अपराधीलाई उन्मुक्ति र पीडितलाई अन्याय मात्र नभई न्यायप्रणाली प्रतिको भरोसामा समेत शंका सृजना गरेको छ ।न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।
“उक्त फैसलामा २०६४ चैत्र २७ मा बम विस्फोटको घटना भएको भनिएकोमा सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको,सो विषयमा जाहेरी गरी अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरू मृत्यु भएका भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महान्यायाधिवक्ता कार्यालयबाट मिति २०६५ असार ३० मा यसै मुद्धा उपर मुद्दा नचलाउने भनी निर्णय भएको देखियो । सम्मानीत सर्वोच्च अदालतबाट उक्त मिति २०६५ असार ३० को उक्त निर्णय बदर गरी पुनःप्रमाणित देखि प्रचलित कानुन बमोजिम गर्न गराउन मिति २०६९ जेठ १६ मा परमादेश जारी भइ २०७६ चैत्र ११ मा पुन अनुसन्धान भएको देखिन्छ ।संकलित सबुत प्रमाणबाट मोहम्मद अफताब आलमको घरमा मिति २०६४ चैत्र २७ मा बम विस्फोट वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको,विष्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह(पिन्टु) र ओसी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा हाली पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदन समेत मृतकहरूलाई इट्टाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको अवस्थामा सुरुले गरेको सजाय नमिलेको देखिँदा उल्टी भई सफाइ पाउनू भएको हो ।”फैसलामा भनिएको छ । 
सम्बन्धित समाचार