वडा अध्यक्ष कार्कीको पहलमा युवाहरूले थाले एकल महिलाको घर बनाउन

3.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका  ६ का अध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा युवाहरूले एकल महिलाका लागि घर बनाउन सुरु गरेका छन्। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा एकल महिला सुनु भुजेलको घर निर्माण गर्ने अभियान सुरु गरिएको वडा अध्यक्ष कार्कीले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो ।  उहाँका अनुसार भुजेलको घर पुरानो भएकाले तीनकोठे टायलको छानो भएको पक्की घर बनाउने अभियान थालिएको हो ।
युवाहरूको श्रमदान तथा विभिन्न मनकारी व्यक्तिको सहयोगमा भुजेलको घर निर्माण गर्न लागिएको वडा अध्यक्ष कार्कीले बताउनु भयो । आर्थिक अवस्था पनि दयनीय भएका भुजेललाई सहयोग गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
भुजेलका तीन छोरी छन्। केही महिनाअघि उनका श्रीमानको आन्द्रामा अल्सरको समस्या देखिएका कारण निधन भएको थियो। लालबन्दी नगरपालिका ६ मा वडाध्यक्ष कार्कीको अगुवाईमा युवाहरुको समुहले यसरी विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार