Close This

नगर सभा दलद्धारा नगर प्रमुख खड्कालाई २१ वुँदे ज्ञापन पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२० गते   २९८ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) लालबन्दी नगर सभा दलले लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट निर्वाचित लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुले नगर प्रमुख मानबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका हुन । 
लालबन्दी नगर सभा दलले नगरको समग्र विकास र समृद्धिका लागि भन्दै २१ बुँदे ज्ञापन पत्र नगर प्रमुख खड्कालाई बुझाएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर सभा दलका सचेतक राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । नगर सभा दलले नगरपालिकाको  वार्षिक नीति तथा कार्यक्रम र बजेटमा नगरको समग्र विकास र समृद्धिका लागि २१ वटा बुँदे समावेश गर्न आग्रह गरेको छ ।
नगर सभा दलको २१ बुँदे ज्ञापन पत्रमा निर्मल लामा स्मृति प्रतिष्ठानको भवन निर्माण,नगर सभा दलको कार्यालय व्यावस्थापन र सञ्चालन खर्च उपलब्ध,नगरपालिकाको अपुरोभवन निर्माण र भवन निर्माणउलपत्र पार्ने ठेकेदारालई कार्बाही,लालबन्दी नगरपालिका १४ र १५ मा सञ्चार सेवाको पहुँच पुर्याउन टेलिफोन टावरको व्यावस्था, लालबन्दी नरगपालिका ९ मा रहेको  प्राथमिक स्वासथ्य केन्द्र लालबन्दीमा  पोष्ट मार्टम सेवा सञ्चालन,नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन,लालबन्दी नरगपालिका ९ मा रहेको  प्राथमिक स्वासथ्य केन्द्र लालबन्दीमा प्रसुति सेवा सञ्चालन गर्न दक्ष चिकित्सक र प्रविधिको व्यावस्था गर्दै ट्रमा सेन्टर सञ्चालन,लालबन्दीको मुख्य बजार र नवलपुर चोकमा अत्याधुनिक सिसि क्यामेरा जडान,लालबन्दी नगरपालिका १२ को जल्केश्वर महादेव मन्दीर र लालबन्दी नगरपालिका १३ को नारायण डाँडालाई पर्यटकिय क्षेत्र घोषणा गर्नुको साथै पार्क निर्माण र भ्यु टावरमा पानी लगायत सडकको व्यावस्था,लालबन्दी शान गोलभेडा तथा तरकारी खेतीलाई व्यावस्थीत गर्दै किसानहरुलाई आत्मानिर्भर बनाउन  निःशुल्क मलखाद,बीउ बिजन र कृषि सामाग्रीको  व्यावस्था गर्नुको साथै सिचाईको सुविधा नभएका स्थानहरुमा स्थानहरुमा डिप वोरिङ्गको व्यावस्था गरि अनुदानको व्यावस्था गर्न नगर सभा दलले माग गरेको छ ।
त्यस्तै,नगरस्तरिय रंगशालाको निर्माण गर्न,नगरस्तरिय रिङ्ग रोडको निर्माण गर्न,लालबन्दी नगरपालिका १,२ र ४ जोड्ने सडकको कालोपत्रे गर्न,जीवन उपयोगी शिक्षाको व्यावस्था गर्न,आधारभुत स्वास्थ्य र शिक्षामा नगरपालिकाले खर्च व्यावस्थापन गर्न,बाल विकास शिक्षिका,कार्यालय सहयोगी र कर्माचारीहरुको पारिश्रमिक नेपाल सरकारले तोके अनुसार गर्न,लखनदेही,फुलजोर,बाहुनी,डाइनी,कालीन्जोर लगायतका नदीहरुको नियन्त्रण र संरक्षण गर्नजलाधार संरक्षण सरोकार समिति गठन गर्न,साझा संस्थामा बस पार्क निर्माण गरि बस पार्किङ्ग गर्ने व्यावस्था मिलाउन,सुरक्षा निकायसंग समन्वय गरि आवश्यक बजेटको व्यावस्था गर्न,शव बाहन यथासिघ्र खरिद गर्न र विभिन्न संघ÷संस्था,उद्योगी,व्यापारी व्यवासायीहरुबाट कोभिड १९ राहत कोषमा संकलित रकमको अर्थाथ आय व्यय प्रस्तुत गर्न नगरसभाले नगर प्रमुख समक्ष माग गरेको छ ।
नगरसभा दलले नगर प्रमुख खड्का समक्ष राखेका मागहरु  आर्थिक वर्ष २०७८÷०७९ भित्रै  व्यावस्था गर्न माग गरेको छ । नगर सभा दलका नेता तथा लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापा र नगर सभा दलका सचेतक तथा लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठद्धारा हस्ताक्षेतीर ज्ञापन पत्र आईतबार नगरपालिकामा पुगि नगर प्रमुख खड्कालाई बुझाएका हुन । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech