460
Shares
सर्लाहीको हरिपुर नगरपालिका १ मुसहरी टोलमा आगलागी हुँदा एक बिघा बढीको उखु जलेर नष्ट भएको छ।हरिपुर नगरपालिका ९ पिडारीका मोहम्मद इस्लाम अंसारीको एक बिघा पाँच काको उखु जलेर सखाप भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
प्रहरीका अनुसार उखुु तथा सिँचाई मोटर,बिजुुली मिटर,छाप्रो लगायत जलेर नष्ट हुुँदा करिब रु एक लाख ५० हजार बराबरको क्षति भएको हो।उखुुबारीमा गुुइँठाको घुरबाट सल्किएर आगलागी भएको र यस सम्वन्धमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।सुख्खा याम सुरु भएकाले आगलागी जन्य पदार्थको प्रयोग गर्दा सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।