Close This

बागमती नगरपालिका ५ का ५१ छात्रालाई साइकल वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२० गते   २१६ पटक हेरिएको

 सर्लाहीको बागमती नगरपालिका–५, सोल्टी बजारमा रहेको जनता नमूना माध्यमिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययनरत ५१ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानको विशिष्ठ आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको  विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतोले  जानकारी दिनु भयो । 
 छोरीलाई विद्यालय सम्म पुर्याउने र बालबिबाहका घटनाहरु घटाउने लक्ष्यका साथ प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रदेश भरीका सबै आठै जिल्लामा सञ्चालन गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech