बख्रेल दम्पतीद्धारा गुरुकुलमा शैक्षिक सामाग्री वितरण र मिष्ठान्न भोजन

2.8k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९, बस्तिपुर निवासी युवा तथा समाजसेवी मनोज बख्रेल  र सिर्जना बस्नेत दम्पतीले पहिलो वैवाहिक बर्ष गाठको अवसरमा स्टेशनरी सामाग्री वितरण गरेका छन् । आफ्नो विवाहको पहिलो बार्षिक उत्सवको अवसरमा लालबन्दी नगरपालिका ७ को डुमडुमे मन्दिर परिसरमा रहेको राधाकृष्ण रामजानकी विद्धिक सस्कृत गुरुकुलममा अध्यायनरत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण  गरेको बख्रेलले जानकारी दिनु भयो ।
बिहीबार(आज) बिहान आयोजित एक औपचारिक कार्यक्रमका विच शैक्षिक सामाग्री वितरण गर्नुका साथै बिहानको खाना समेत खुवाएका दम्पतीले “शैक्षिक क्षेत्रमा सुधारात्मक कार्य गर्नु पर्ने, धर्म संस्कृतिको संरक्षण गर्नु पर्ने तर्फ जोड दिदै बालबालिकासग खुसी साट्न पाँउदा हर्षित रहेको बताएका छन् ।
यस्ता कार्यमा आफ्नो क्षमता र स्रोतले भ्याएसम्म सहयोग गरिरहने बताएका बख्रेल दम्पतीले वैवाहिक जिवनको सुरुवात गरेको दिनमा गत बर्ष हरिवन नगरपालिका ५ घुर्कौलिको बालगृह र सर्भिस फर पिसमा शैक्षिक सामाग्री वितरण गरेका थिए । 

सम्बन्धित समाचार