लालबन्दी मोडेल अस्पताल प्रा.लिद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले गरे रक्तदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-९ गते   ९७० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिले सञ्चालन गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । लालबन्दी नगरपालिका ६  स्थित लालबन्दी मोडेल अस्पताल प्रा.लिको आयोजना तथा किसान कल्याण युवा समूहको सह आयोजना र नेपाल रेडक्रस सोसाईटी बर्दिवासको समन्वयमा भएको रक्तदान कार्यक्रममा ३० जना पुरुष र ५ जना महिलाले रक्तदान गरेका हुन । 
कार्यक्रमको उद्घाटनमा हरिपुर नगरपालिकामा नगर प्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यता तथा उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी मगर(दिपक),उद्योग बाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशी र ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्की लगायतको विशेष उपस्थिति रहेको छ ।
पछिल्लो समय डेंङ्गोको संक्रमण बढेको र देशभर रगतको अभाव रहेका कारण सो अभाव परिपुर्ति गर्न भन्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको लालबन्दी मोडेल अस्पताल प्रा.लिका सञ्चालक डा. आलोक कुशवाहले बताए । उनका अनुसार लालबन्दी मोडेल अस्पताल प्रा.लिको आयोजनमा भएको रक्तदान कार्यक्रममा संकलन भएको ३५ पोका रगत नेपाल रेडक्रस सोसाईटी बर्दिवासको रक्त संकलन केन्द्रमा पठाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech