सर्लाहीको बलरा नगरपालिका ६ बाट नल कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।बलरामा लागेकाे गढि मेलामा दुई समूह बिच झै झगडा भएपछि घटनास्थलमा पुगेकाे प्रहरी टाेलीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा धर्मजित कुमार सहनी उर्फ गाेलुकाे साथबाट एकथान नल कटुवा पेस्ताेल बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मेलामा झै झगडा भए पछि छुट्याउन गएकाे ईलाका प्रहरी कार्यालय बलराकाे टाेलीमाथि नै आक्रमणको प्रयास भए पछि सहनीलाई नियन्त्रणमा लिँदा उनकाे साथबाट एकथान नल कटुवा पेस्ताेल समेत बरामद् भएको हाे । बरामद् गरिएको पेस्तोल र सहनीलाई प्रहरीकाे नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।स्थानीयका अनुसार झै झगडा छुट्याउने क्रममा दुई जना प्रहरी सामान्य घाईते भएका छन् ।