463
Shares
काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ।उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।
फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गंभिर घाइते भएका उनको उपचारको क्रममा आइतबार निधन भएको हो ।दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले “सवारी ज्यान”सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।